जिल्ला खेलकुद विकास समिति गुल्मीका पूर्वकार्य समितिलाई बिदाई

0 799

सूर्य सुनार गुल्मी
जिल्ला खेलकुद विकास कार्य समिति गुल्मीका पूर्व पदाधिकारीहरुलाई एक कार्यक्रमका बिच बिदाई गरेको छ । विहीबार जिल्ला खेलकुद विकास समिति गुल्मीले लुम्बिनी खेलकुद परिषद सदस्य सचिब जय प्रकाश भटराई को उपस्थितमा पूर्वपदाधिकारीहरुलाई बिदाई गरेको हो । पूर्व अध्यक्ष मनोज काउछा, पूर्वकोषाध्यक्ष महेश काउछा, पूर्व सदस्य टेक बहादुर काउछा, ईश्वर वि.क, लगायतलाई बिदाई गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।
१२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्रात्त गर्ने खेलाडीहरुलाई प्रमाण पत्र र मेडलले सम्मान गरिएको विश्वकर्माले बताए ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी खेलकुद परिषद सदस्य सचिब जय प्रकाश भटराईले संघिय सरकार र प्रदेश सरकारको कानुन बाझिदा खेलकुद गतिविधिका क्रियाकलापले निरन्तरता पाउन नसकेको बताए । पछिल्लो समय कानुनी कुरालाई मिलाए पछि खेलकुद गतिविधी चलायमान हुदै गएको बताए । खेलकुदले गर्दा स्वास्थ्यलाई स्वास्थ राख्न र देशलाई विश्व सामु चिनाउन सहयोग पुग्ने विश्व व्यक्त गरे । जिल्लामा खेलाडी उत्पादन गर्न पूर्व पदाधिकारी र वर्तमान समितिले मिलेर काम गर्न उनले आग्रह गरे् ।
जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष मनोज काउछाले आफनो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । त्यस्तै जिल्लाको खेलकुद क्रियाकलापलाई सधै सक्रिय ढङ्गले अगाडी बढाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरी प्रसाद महाकिमको अध्यक्षता रहेको कार्यक्रममा लुम्बिनी खेलकुद परिषद सदस्य सचिब जय प्रकाश भटराई, लुम्बिनी परिषद सदस्य भरत थापा, पूर्व पदाधिकारी पत्रकार लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।