गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघ गुल्मीको नवनिर्मित कभर्डहलको उद्धघाटन

0 483

प्रतिक खबर डटकम :  साउन ०६ गुल्मी

गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघ गुल्मीको नवनिर्मित कभर्डहलको उद्धघाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच कभर्डहलको रेसुङ्गा नगरपालिकाका उपमेयर अमृता देवि कुवँरले उद्धघाटन गरेकी हुन् ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुलनारा बोकेर कभर्डहल निर्माणको २०७७ साल जेठ १७ गतेदेखि सुभारम्भ गरिएको थियो । कर्भडहल निर्माणको लागी शहरी बिकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाई रुपन्देहीको ४३ लाख ७९ हजार २ सय २८ रुपैयाँ ४४ पैसा,सामाजिक बिकास डिभिजन कार्यालय पाल्पाबाट १० लाख र रेसुङ्गा नगरपालिकाको २ लाख ५० हजार गरी कुल ५७ लाख ५४ हजार २ सय २८ रुपैया ४४ पैसामा कभर्डहल निर्माण भएको निर्माण समितिका अध्यक्ष तथा गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघका उपाध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए ।


नवनिर्मित कभर्डहलको १९.५ मिटर लम्बाइ ,१२.६ मिटर चौडाई र ११.५ मिटर उचाई रहेको छ । कभर्डहल निर्माण सुनिल समीर वान डिरेक्सन जे.भी. र उपभोक्ता समिती मार्फत गरिएको थियो । रेसुङ्गा नगरपालिका ७ मा निर्माण भउको कभर्डहलको संंरचना र निर्माणमा प्रयोग गरिएका सामाग्री गुणस्तर भएको कार्यक्रमका बिशेष अतिथि पुर्वइन्जिनियर राजेन्द्र प्रसाद पाण्डेले बताए । रेसुङ्गा नगरपालिकाद्धारा संचालित आयोजना मध्ये कभर्डहल पनि एक भएकाले यसको ब्याबस्थापन र संरक्षण सबैको दायित्व रहेको पुर्वइन्जिनियर पाण्डेले बताए ।
खेलले खेलाडीलाई अनुशासित तथा गतिशिल बनाउने भएकाले कभर्डहलमा आवश्यक बिभिन्न खेलकुद सामाग्री तथा बजेटको ब्यवस्था नगरपालिकाले गर्ने कार्यक्रमका प्रमुख अतिथि तथा रेसुङ्गा नगरपालिकाका उपमेयर अमृतादेवी कुवँरले प्रतिवद्धता गरिन् । उपमेयर कुवँरले कार्यक्रममा बोल्दै व्याटमिन्टन संघको स्वामित्वमा निर्माण भएको कभर्डहलले खेलाडिको मनोबल उच्च बनाउँदै खेलमा सहभागिता बढाउन तथा नयाँं खेलाडी उत्पादनमा जोड दिने बताईन् ।

ad


खेलकुदले मानिसलाई स्वास्थ राख्न मदत पुग्ने भएकाले यसको संरक्षणमा वडा र नगरपालिकाले बिशेष चासो दिने रेसुङ्गा नगरपालिका ७ का वडाध्यक्ष राम्जी पन्थीले बताए । यो कभर्डहल जिल्लाकै उत्कृष्ट भएको र यसले खेलाडीको खेलमा मनोवल बढ्ने वडाध्यक्ष पन्थीले बताए ।
रेसुङ्गा नगरपालिका १ का वडाध्यक्ष तथा गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष रामप्रसाद पन्थीले कभर्डहल निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघका सचीव राजु कुवँरले गरेका थिए । कार्यक्रममा खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।