तेस्रो पुलचोक कप २०७९ को तयारी तम्घासमा सुरु

0 304

सूर्य सुनार गुल्मी
गुल्मी जिल्लाको सदमुकाम तम्घासमा हुने तेस्रो पुलचोक कप २०७९ को तयारी सुरु गरिएको छ । पुलचोक क्लबको आयोजनामा यही साउन ११ गते देखी १४ गते सम्म खुल्ला विद्यालय स्तरिय छात्रा फुटवल प्रतियोगिता हुन गहिरहेको छ । क्लबले विगतका वर्षमा पनि छात्रा फुटवल प्रतियोगिता संचालन गर्दै आएको क्लबका अध्यक्ष मनोज पाण्डेले जानकारी दिए । शनिबार जिल्लाको सदरमुकाम तम्घासमा क्लबका विभिन्न पदाधिकारीहरुले चिदीचौर सरसफाई , खण्डल पुर्ने, खेल मैदान सम्माउने काम, मञ्च सम्माउने गरिरहेको पुलचोक क्लबका अध्यक्ष मजोज पाण्डेले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा छात्रहरुको फुटवल प्रतियोगिता भइरहेको तर छात्राहरुले भने अवसर नपाएको हुँदा उनीहरुलाई समावेश गराउने उदेश्यले खेलको आयोजना गरिएको पुलचोक क्लबका उपाध्यक्ष सन्तोष न्यौपानेले बताए । पहिले भन्दा अहिले खेलकुद प्रति मानिसको चाहना बढ्दै गएको हुँदा यस वर्ष खेलाडीको संख्या वृद्धी हुने विश्वास व्यक्त गरे । छात्रहरुको खेल आयोजना गर्दा विभिन्न निकाय बाट आर्थिक सहयोग संकलन हुने भए पनि छात्राहरुकोमा कतैबाट सहयोग नभएको गुनासो व्यक्त गरे ।

कार्यक्रममा प्रथम हुनेलाई पुरस्कार नगद २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र , द्धितिय हुनेलाई नगद १५ हजार सिल्ड, मेडल र प्रमाणपत्र दिइने क्लबले जनाएको छ । अन्य पुरस्कारमा हाइजेस्ट गोल स्कोरर, वेस्ट स्टाइगर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, इमर्जिङ्ग प्लेयर, फेयर प्ले अवार्डले खेलाडीलाई सम्मान गरिने बताइएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।