प्राविधिक सहित चन्द्रकोट गाउँपालिकाद्धारा किसानको खोर मै पुगेर बाख्राको निरिक्षण

0 1,283

महेश बोहरा, गुल्मी श्रावण ७,
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले कृषकको खोर मै पुगेर बाख्राको निरिक्षण गरेको छ । केही दिन पहिले कृषकले पालेका बाख्राहरु एकाएक अज्ञात रोगबाट मर्न थाले पछि कृषक चिन्तित बनेका थिए । गाउँपालिकाको वडा नम्बर ३, ७ र ८ वडामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको टोलीले पनि स्थलगत अनुगमन गरी Rapid Test Kit  मार्फत परिक्षण गर्दा पि.पि.आर रोग यकिन भएको थियो ।

थप परिक्षणका लागी नमूना संकलन गरी क्षेत्रिय पशुरोग अन्वेषण प्रयोगशाला पोखरामा पठाइएको छ । यसै बिच शनिबार गाउँपालिकाका अध्यक्ष युवराज केसी सहित पशु सेवा प्राविधिकले कृषकको खोर मै पुगी बाख्रामा लागेको रोक नियन्त्रण र क्षति न्युनिकरणका लागी अनुगमन गरेको छ । व्यवसायिक रुपमा बाख्रापालन गरेका कृषकको घर मै पुगेर कृषकलाई परामर्श,निरिक्षण र निशुल्क रुपमा औषधी वितरण गदै कृषकलाई नआत्तिन आग्रह गरिएको छ । गाउँपालिका अध्यक्ष केसीले पशु चौपायमा विपदजन्य महामारि देखिएको हुदाँ पशुको स्थानान्तरण रोक्न र केही समय मासु सेवनमा संयमता अपनाउन आग्रह गर्नुभयो । उहाँले कृषकको समस्यामा गाउँपालिका सधैँ साथमा रहेको उल्लेख गदै नआत्तिन अनुरोध गर्नुभयो ।

बाख्रा मरेको आधारमा रुपाकोटमा प्रेम थापा, मैया सुनार,यमकला पोख्रेल र विशुखर्कमा पिपला थापाको घरमा पुगी अनुगमन तथा निरिक्षण गरिएको हो । घर मै आएर अनुगमन गरिदिदाँ केही राहात महशुस भएको कृषकले बताएका छन । गाउँपालिकाले असार ६ गते एक सूचना जारी गदै केही कृषकले पालेको बाख्रामा पि.पि.आर रोगसँग मिल्दाजुल्दा लक्षण देखिएकाले बाख्राहरु ओसार –पसार तथा मासु प्रयोग नर्गन आग्रह गरेको छ ।

 

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।