गुल्मीमा तीन हजार ७४२ ले गराए मतदाता नामावलीमा नाम दर्ता

0 154

हुमाकान्त पोखरेल
साउन ८,२०७९ गुल्मी : गुल्मीमा हालसम्म तीन हजार ७४२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरेका छन् ।

गत असार १ गतेदेखि हालससम्म एक हजार ७५७ महिला र एक हजार ९८५ पुरुषले नाम दर्ता गराएका हुन । जसमध्ये बाहिरी जिल्लाको लागि गुल्मीबाट २८ पुरुष र १८ महिला गरी ४६ जनाले नाम दर्ता गराएका छन् ।

अहिले जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली कार्य चलिरहेको छ । जसको लागि जिल्लाका विभिन्न स्थानबाट नागरिकहरु कार्यालय आएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए । १८ बर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लगेर जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गर्न सकिनेछ ।

ad

बसाईसराई र विवाह गरेको भए त्यसको प्रमाणपत्रको प्रतिलिपी आवश्यक पर्ने पन्थीले बताए । गुल्मीमा गत वैशाख २९ सम्म १८ बर्ष उमेर पुगेका दुई लाख २४ हजार २७६ जनाको नाम मतदाता नामावलीमा समावेश छ । जसमा एक लाख १० हजार ५९ पुरुष ,एक लाख १४ हजार २१५ महिला र दुईजना अन्य रहेको रहेको कम्प्युटर अपरेटर पन्थीले बताए ।

सरकारले निर्वाचनको मिति घोषण नगर्दासम्म मतदाता नामावलीमा नाम समावेश गर्न सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।