७१ बर्ष पछि कमलाले पाइन जिल्ला प्रशासन गुल्मीबाट नागरिकता

0 2,342

सूर्य सुनार, श्रावण ८ गुल्मी /
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ की कमला कुमालले ७१ वर्ष पुगेपछि नागरिकता प्राप्त गरेकी छिन । लामो समयसम्म मागेर जिविको पार्जन गर्दै आएकी कमलालाई आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत नागरिकता दिइएको हो ।

धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तु रातचौरमा बस्दै आएकी कमलाका ३ जना छोरा, २ जना छोरी गरी ५ जना सन्तान छन । सन्तानले हेरचाह नगर्दा माग्दै हिड्ने गरेको धुर्कोट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष केशवराज भण्डारीले बताए ।


छोराछोरीले नहेरेपछि नागरिकता अभावमा राज्यले दिने सेवा सुविधाबाट समेत बञ्चित थिइन कमला । उनले एक छाक टार्न भए पनि माग्नुको कुनै विकल्प थिएन् । यो अवस्था थाहा पाएपछि वडाध्यक्ष केशवराज भण्डारीको सक्रियतामा उनले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेकी छिन् ।

ad

उनका श्रीमान फतबहादुर कुमालको साक्षीमा गरिएको सिफारिस अनुसार नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय गुल्मीकी प्रशासकिय अधिकृत ज्ञानकुमारी भुसालले बताइन् । आफू जिल्लामा आएपछि ९१ वर्षका वृद्धाहरु समेत नागरिकता लिनका लागी प्रशासन कार्यालय आएको भुसालले बताइन् । उनले नागरिकता लिएपछि बाटोमा माग्दै हिड्न नपर्ने र उनले सामाजिक सुरक्षा भत्ता पाउने भएकी छिन् । अब उनलाई केही भए पनि राहात हुने वडाध्यक्ष भण्डारीले दाबी गरे ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।