गुल्मेली गायिका सीता रानाको तीजगीत “कलेजीको माया बरीलै” सार्बजनिक (भिडियो सहित)

0 1,862

प्रतिक खबर व्यूरो गुल्मी /

तीज पर्व नजिकिदै गर्दा हरेक दिन डिजिटल बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम जारीछ । यसै बीच गुल्मेली चर्चित गायिका सिता राना मगरको तीजको कोसेली कलेजीको माया बरीलै बोलको गीत भर्खरै मात्र बजारमा लिएकी छन् । बिशेष गरी नेपालको पश्चिम भेगमा चल्ने झ्याउरे तीज गीत कलेजीको माया बरीलैमा लोक प्रिय सर्जक नेत्र अर्यालको शब्द, गायक तथा सर्जक जय देवकोटा र चन्द्र शर्माको लय संकलन रहेको छ। उक्त गीतमा स्वर चर्चित गायिका सीता राना र लोक प्रिय गायक तथा सर्जक चन्द्र शर्माको रहेको छ।


दुर्गा पौडेलको छायाँकन आरुसी मगर र शेखर घर्तीको अभिनय रहेको गीतमा निर्देशन तथा कोरियोग्राफि भने शेखर घर्तिको रहेकोछ । गीत सीता राना युटुब च्यानलबाट हेर्न सकिन्छ ।

ad


हेर्नहोस गीतको पूरा भिडियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।