तेस्रो पुलचोक कप २०७९ को पत्रकार सम्मेलन मार्फत टाईसेट सार्वजनिक

0 216

सूर्य सुनार गुल्मी
गुल्मी जिल्लाको सदमुकाम तम्घासमा हुने तेस्रो पुलचोक कप २०७९ को तयारी पुरा भए संगै सोमबार पत्रकार सम्मेलन गरेको छ । पुलचोक क्लबको आयोजनामा यही साउन ११ गते देखी १४ गते सम्म खुल्ला विद्यालय स्तरिय छात्रा फुटवल प्रतियोगिता हुन गहिरहेको छ । सोही अवसरमा क्लबले इन्द्रेणाी पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी टाइसेट सार्वजनिक गरेको हो । खेलमा विभिन्न विद्यालयबाट १० टिम दर्ता भएका छन् । उद्धघाटनको पहिलो दिन महेन्द्र नमुना माध्यामिक विद्यालय र अर्जुन आवसिय माध्यामिक विद्यालय बिच खेल हुने क्बलका महासचिब प्रकाश मरासिनीले जानकारी दिए ।


क्लबले विगतका वर्षमा पनि छात्रा फुटवल प्रतियोगिता संचालन गर्दै आएको क्लबका उपाध्यक्ष सन्तोष न्यौपानेले बताए । साथै उनले खेलाडीलाई खेलका नियमबारे जानकारी गराएका थिए । लुम्बिनी प्रदेशमा छात्रहरुको फुटवल प्रतियोगिता भइरहेको तर छात्राहरुले भने अवसर नपाएको हुँदा उनीहरुलाई समावेश गराउने उदेश्यले खेलको आयोजना गरिएको पुलचोक क्लबका उपाध्यक्ष न्यौपानेले बताए । जिल्लामै पहिलो पटक महिलाहरुको ठूलो राशिको फुटबल प्रतियोगिता हुने भएको उनले बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समाचार तथा सन्देश प्रवाहमा पत्रकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


कार्यक्रमको प्रथम पुरस्कार नगद २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र , द्धितिय पुरस्कार नगद १५ हजार सिल्ड, मेडल र प्रमाणपत्र दिइने क्लबले जनाएको छ । अन्य पुरस्कारमा हाइजेस्ट गोल स्कोरर, वेस्ट स्टाइगर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, इमर्जिङ्ग प्लेयर, फेयर प्ले अवार्डले खेलाडीलाई सम्मान गरिने बताइएको छ ।
पुलचोक युवा क्लबका अध्यक्ष मनोज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष नविन श्रेष्ठको रहेको थियो । कार्यक्रमको संचालन क्लबका महासचिब प्रकाश मरासिनीले गरेका थिए ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।