“जय जय कोटेश्वर” लोक भजनको विमोचन (भिडियो सहित)

0 336

महेश बोहरा, श्रावण ६ गुल्मी ।
जय जय कोटेश्वर लोक भजनको सोमबार एक कार्यक्रमबा बिच बिमोचन गरिएको छ । मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवन खरेलले सो लोक भजनको बिमोचन गरेका हुन । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपँचौरमा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल कोटेश्वर महादेव मन्दिरको प्रचारप्रसारका लागी लोक भजन ल्याईएको हो ।

उक्त कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवन खरेल, वडा नम्बर ५ आँपचौरका वडाध्यक्ष ऋषिश्वर अर्याल, निवर्तमान वडाध्यक्ष भागिरत खरेल लगायत स्थायिनको उल्लेखिय सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताले शुभकामना दिदै प्रसंशनिय कार्य गरेको उल्लेख गरेका थिए । गीतमा घुम्दै कोटेश्वर मन्दिर आएका युवा युवतीलाई कोटेश्वर महादेव देवताले मनको आकांक्षा पूरा गरिदिएर प्रेम सफल भएको कथावस्तु रहेको छ ।

ad


“प्रकृतिको देन लुकेको ठाउँ हाम्रो कोटेश्वरलाई बिश्वभर चिनाऔँ” भन्ने नाराका साथ म्युजिक भजन भिडियो सोही कोटेश्वर शिव मन्दिर, आँपचौरको चंडेश्वर मन्दिर र शिद्धेश्वर मन्दिरमा छायांकन गरिएको थियो । मुसिकोट नगरपालिका वडा नम्बर ५ तल्लाफाँट बस्ने किरण खरेलको पहलमा लोक भजनको अडियो गीत बनाईएको छ भने भिडियोका लागी स्थानियहरुले सहयोग गरेका छन ।

भिडियो ब्यवस्थापन तुलाराम तिवारी, बिष्णु अर्याल, सुरेश अर्यालको नेतृत्वमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण समाजसेवीद्वारा आर्थिक रकम संकल्न गरेर भिडियो निर्माण गर्ने कार्य गरिएको थियो । भिडियोमा मुख्य अभिनय डिलराज अर्याल, समिक्षा भट्टराईको रहेको छ। महेन्द्र कौशलको निर्देशन रहेको म्युजिक भिडियोमा छायांकन निसान सारु र कमल खत्री लगायतले गरेका छन ।


सो गीतमा शब्द ओम सेन्चुरी, लय र एरेन्ज महेन्द्र भन्डारी, स्वर ओम सेन्चुरी र लक्ष्मी खड्काको छ । उक्त मन्दिरलाई देश बिदेशमा प्रसारप्रसार गर्नका लागी गीत बनाएको जपानमा रहेका किरण खरेलले बताए । उक्त गीत अमलाबोट अनलाईन युट्ुव च्यानलबाट बजारमा ल्याइएको छ । यही श्रावण ३० गते अन्तिम सोमबार कोटेश्वर महादेव मन्दिरमा वृहत्त भण्डारा सहित मेला लाग्ने किरण खरेलले जानकारी दिए ।

लोक भजनको पूरा भिडियो हेर्नुहोस ।।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।