वसन्त लम्सालको तीज गीत “भाच कम्मर भाच” सार्वजनिक (भिडियो सहित)

0 608

महेश बोहरा १० श्रावण २०७९ गुल्मी

महिलाहरुको महान चाड हरितालिका तीज पर्व नजिकिदै गर्दा बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पालीमा जन्मेका लोक तथा दोहोरी गायक वसन्त लम्सालको तीज कोसेली “भाच कम्मर भाच” बोलको गीत सार्वजनिक भएको छ ।

ad

लोक गायक वसन्त लम्सालको संगीत र लय रहेको उक्त गीतलाई विश्वास नेपालले एजेन्ज गरेका छन । मारुनी स्टुडियोमा सुमन राना र खुमन रानाले रेकडिङ्ग गरेका हुन् । गीतमा गायक वसन्त लम्साल, सपना गाहा, लक्ष्मी पुन र लालुमाया पुन थापाको स्श्वर रहेको छ । सो गीत अग्रदरबार फिल्मस् प्रा.लि.को युवटुव च्यालन मार्फत बजारमा ल्यार्एको छ । जुन गीतमा सरोज पर्जा, सुमन परियार, शेखर घर्ति लगायतका कलाकारहरुले अभिनय गरेका छन ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पालीमा जन्मेर मोपसलको राजधानी बुटवललाई कर्म थलो बनाएका लम्सालको हाससम्म ७ बढी तीज गीत बजारमा आएका छन भने ४० भन्दा बढी लोक तथा दोहोरी गीतहरु बजारमा छन । उनको गीतहरु हिट हिट छन । केही समय पहिले म्यासेन्जरमा बोले भन्ने बोलको गीत बजारमा निकै चलेको थियो । निरन्तर गीतसंगीत मै लाग्ने पनि प्रतिक खबरको कुराकानीमा लोक तथा दोहोरी गायक लम्सालले बताएका छन ।

हेरौ भरखरै बजारमा आएको उनको तीज गीतको पूरा भिडियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।