यस्तो रहेछ गुल्मीमा अविवाहित प्रमाणित’ गर्ने सिफारिसको वास्तविकता

0 210

 

सोमबार सामाजिक सञ्जालमा एउटा पत्र भाइरल छ । गुल्मीको सत्यवती गाउँपालिका वडा नं। ८ ले अविवाहित प्रमाणित सम्बन्धमा गरेको एउटा सिफारिस पत्र भाइरल भएको हो।

जसमा ‘स्थानीय रामबहादुर आलेकी श्रीमती गौमाया आलेको कहीँ कतै पनि पुनः विवाह नभएकाले निज गौमाया आलेलाई अविवाहित सिफारिस गरिएको छ।’ भन्ने उल्लेख गरिएको छ। सिफारिस पत्रमा वडाअध्यक्ष होमबहादुर रानाले हस्ताक्षर गरेका छन्।
हेर्नुस् पत्र

ad

 

पत्र भाइरल भएपछि हामीले वडाध्यक्ष रानासँग वास्तविकता सोधेका छौं। उनका अनुसार सिफारिस पत्र वडा कार्यालयले आइतबार दिएको हो।

‘कार्यालयमा कामको चाप थियो, सेवाग्राही पनि थुप्रै थिए’वडाध्यक्ष रानाले थाहाखबरसँग भने, ‘पुनः विवाह नभएको भनेर दिनुपर्ने, हतारमा टाइप मिस्टेक हुँदा ‘अविवाहित’ भनेर दिइएछ।’

गौमाया एकल महिला हुन्। उनका श्रीमान रामबहादुर आलेको निधन भइसकेको छ। सामाजिक सुरक्षा भत्ताका लागि उनले आफ्नो पुनस् विवाह नभएको सिफारिस वडा कार्यालयसँग मागेकी थिइन्।

‘उहाँ९गौमाया० ले एकल महिला भत्ताका लागि सिफारिस माग्नुभएको थियो, हतारमा गल्ती भयो। विपक्षी एकजना साथीले पत्र सामाजिक सञ्जालमा हालिदिनु भएछ।’ वडाध्यक्ष रानाले भने, ‘हामीले उहाँलाई हिजोकै मितिमा अर्को पत्र दिइसकेका छौं।’

हेर्नुस् अर्को पत्र


थाहा खबरबाट

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।