गुल्मी अस्पतालका स्वास्थ्यकर्मीको लापरवाही : सुत्केरी महिलाको पाठेघरमै प्याड

0 173

प्रेम सुनार, साउन १० गुल्मी – गुल्मीको सदरमुकाम तम्घास स्थित गुल्मी अस्पतालमा एउटी महिलालाई सुत्केरी त्यहाँका स्वास्थ्यकर्मीहरुले चरम लापरवाही गरेका परिवारजनले आरोप लगाएका छन् ।छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका–८, सानोचेक्मीकी २१ बर्षीया अप्सरा पाण्डेलाई असार २८ गते त्यस अस्पतालमा सामन्य शल्यक्रियामार्फत सुत्केरी गराउँदा प्रयोग गरिने कपडाको प्याड पाठेघरमै छाडिएको भन्दै परिवारजनले अस्पतालका स्वास्थ्यकर्मीबाट चरम लापरवाही भएको आरोप लगाएका हुन्।

अघिलो दिन असार २८ गते ति महिलालाई सुत्केरी गराई छोरी जन्मिए पछि सफल प्रशुति सेवा दिइएको भन्दै आसर २९ गते डिस्चार्ज गरि उनलाई घर पठाईएको थियो । उनि घर गएदेखि खान नखाने, नवजात शिशुलाई स्तनपान पनि गराउन नसक्ने र आफू स्वयम् पनि थाडै दिशा पिसाव भएर स्वास्थ्य अवस्था गम्भीर बनेपछि स्थानीय महिलाहरुले पेट वा पाठे घरमा कुनै समस्या भयो कि भनेर रेख–देख गर्ने क्रममा उनको तल्लो पेटमा हेर्दा धागो जस्तो वस्तु देखेर तान्दै जाँदा सिङ्गो प्याड नै फेला पारेर आज ९ सोमबार ० त्यस अस्पतालमा भर्ना गर्न ल्याएका छन् ।

सुत्केरी बुहारीको अवस्था नाजुक हुँदै गएपछि उनको बच्चा जन्माउने ठाउँमा साइली देउरानीले हेर्दै जाँदा थागाको धर्को जस्तो देखिएको र तान्दै जाँदा सिंगो प्याड नै निस्के पछि आज ९ साउन ९ गते  सोही अस्पलामा ल्याएर भर्ना गरिएको उनै सुत्केरी पाण्डेकी सासु सरस्वता पाण्डेले बताईन ।

ad

उक्त प्याड निकालेपछि त्यस परिवारले गोठमुनीको मल्खातोमा खाडेका थिए । त्यसलाई निकालेर अहिले त्यस अस्पतालमा ल्याइएको छ । अस्पतालले भने त्यसलाई सामन्य कमजोरी ठानेको छ । तर सु्ुत्केरी पाण्डेकी साइली सासु पुतलाले त्यसलाई अस्पतालले भने जस्तो सामन्य ठानेकी छैनन् ।

अन्य महिलाहरुलाई पनि गाउँले शैलीमा सुत्केरी गारएको अनुभव संगालेकी र ती सुत्केरी बुहारीको बच्चा जन्माउने स्थानमा नियमित ड्रेसिङ्ग समेत गराउँदै आएकी उनी भन्छिन् ‘ त्यो प्याड रगत रोक्नका लागि मुखैमा राखिएको होइन, सुत्केरी गराउने बेला पाठेघरमै छाडिएका कारण सुत्केरीको अवस्था बिग्रेको हो , यति ठूलो गल्ती गर्ने अस्पतालका मान्छेलाई कारवाही हुनै पर्छ ।’

त्यस अस्पतालका मेसु डाक्टर उत्तम पाच्याले भने सुुत्केरी महिलाले विवेक पुराउन नसकेर उक्त प्याड अहिलेसम्म रहन पुगेको भन्दै अस्पतालको बचाउ गरे । उनले भने–‘ हरेक महिलालाई सुत्केरी गराई सके पछि रगत नबगोस भनेर रोक्नका लागि उक्त प्याड बच्चा जन्माउने मुखमा राखिन्छ । सुत्केरी पाण्डेलाई पनि त्यसरी नै राखिएको हो । सिस्टरहरुले ३ वटा प्याड राखी दिएको छौं । पिसाब फेर्ने बेलामा निकालेर फाल्नु होला भनेर भनेकै रहेछन् । तपाइँलाई यो अडियो सुनाउनु पर्छ भने पनि सुनाउँछु । तर सुत्केरी महिलाले त्यो प्याड निकाल्नु भएनछ ।’

त्यसो भए ती सुत्केरीले प्याड निकाले ननिकालेको सोधपुछ नगरि , उनको स्वास्थ्य अवस्था ब्झदै नबुझी कसरी डिस्चार्ज गर्नु भयो त रु जबकी प्याड नै निकालेको रहने छ त्यो कम्जोरी भएन रु भन्ने प्रश्नमा डाक्टर पाच्याले तब भने–‘ एँ, अँ, त्यो चााँही अलि कम्जोरी भएकै हो भनेर जवाफ दिए ।

सुत्केरी पोसिरए मोटाउने बेलामा अस्वस्थ भई त्यसै अस्पतालको शैयामा सुतेकी उनै सुत्केरी पाण्डे भन्छिन्‘ मलाई दुई वटा प्याड मुखमा राखी दिएका छौं । पिसाब फेर्ने बेलामा निकाल्नु होला सिस्टरहरुले भन्नु भएको थियो । जुन मैले अस्पलाल छँदै टवाइलेटमा गएर फालेकी हुँ । तेश्रो प्याड छ, भन्ने कुरा त मलाई थाहै थिएन।’

त्यसो त उनकै काकी दुई वर्ष अघि गुल्मी कै इस्मा गाउँपालिका १ , साविक हस्तीचौर गाविसको हर्पुकोट निवासी दिपा कुँवर भनेर चिनिने चित्रकला कुँवरलाई पनि सोही अस्पतालको चरम लापर्बाहीका कारण मृत्यु भएको भन्दै कुँवरका श्रीमान दिपक कुँवरले विरोध जनाएका थिए ।

उनकी श्रीमती चित्रकलाको २०७७ असोज ५ गतेराती त्यस अस्पतालमा सुत्केरी गराई विहानपख उनलाई अचेत अवस्थामा पाल्पा रिफर गरिएको थियो र उनको रिडिस्थित बाटैमा ज्यान गएको थियो । अहिले उनै कुँवर परिवारकी छोरी अप्सरा पाण्डेको पनि सुत्केरी गराउने क्रममा त्यस्तै गल्ती अस्पतालबाट भएको भन्दै पाण्डेका माइती परिवार र उनको घर परिवारले छानविन गरि कारवाहीको माग गरेका छन्।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।