तेस्रो पुलचोक कप दोस्रो दिनको खेल सम्पन्न: सिद्धबाबा,रिर्डस र आर्दश सेमिफाइनल प्रवेश

0 240

सूर्य सुनार १२ श्रावण गुल्मी

तेस्रो पुलचोक कप २०७९ को दोस्रो दिनका खेल सम्पन्न भएका छन् । गुल्मी जिल्लाको सदरम्ुकाम तम्घास संचालन भइरहेको तेस्रो पुलचोक कप २०७९ को दोस्रो दिनका खेलमा ४ टिम खेलका हुन् । जस अनुसार गण्डकी इङ्गलिस बोङिग र सिद्धबाबा माध्यामिक विद्यालय बिच भएको खेलमा सिद्धबाबा माध्यामिक विद्यालयको तर्फबाट जर्सी नम्बर १६ की खेलाडी बन्दना गाहा मगरले ३ गोल प्रहार गर्दै सेमिफाइनलमा पुगेको छ । त्यस्तै दोस्रो खेल पालुखा माध्यामिक विद्यालय र भगवती माध्यामिक विद्यालय बिच भएको थियो ।

जसमा पालुखा माध्यामिक विद्यालयको तर्फबाट जर्सी नम्बर ११ की खेलाडी लक्ष्मी मगरले २ गोल प्रहार गर्दै सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा व्रिलियन्ड युनाइटेड एकेडमी र सिर्डस हाई पब्लिक स्कूल बिच भएको थियो । जसमा १ गोल प्रहार गर्दै सिर्डस हाई पब्लिक स्कूल सेमिफाइनलमा पुगेको छ । चौथो खेल अर्जुन आवासिय माध्यामिक विद्यालय र आर्दश विद्या आश्रम बिच भएको थियो । जसमा पेनाल्टी सुटआउटबाट आर्दश विद्या आश्रम विजय भएको छ । गोल आर्दश विद्या आश्रम माध्यामिक विद्यालय गर्दै सेमिफाइनलमा पुगेको छ । पेनाल्टी सुटआउटमा अर्जुन आवासीय माध्यमिक बिद्यालयले ४ गोल र आर्दश विद्या आश्रमले ५ गोल प्रहार गर्दै जित हासिल गरेको थियो । सेमिफाइनलमा पुगेको का टिमले शुक्रबार खेल्ने छन् । जसमा शुक्रबार विजय हासिल गर्ने टिम फाइनलमा प्रवशे गर्ने आयोजकले जनाएको छ ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।