शनिबार फाइनल खेल सिद्धबाबा र पालुखा मा.वि बिच प्रतिस्पर्धा खेल हुने

0 171

सूर्य सुनार गुल्मी
तेस्रो पुलचोक कप २०७९ को सेमिफाइनल खेल सम्पन्न भएका छन् । गुल्मी जिल्लाको सदरमुकाम तम्घास संचालन भइरहेको तेस्रो पुलचोक कप २०७९ को सेमिफाइनल खेल खेलमा ४ टिम खेलका हुन् । जस अनुसार पालुखा माध्यामिक विद्यालय र सिर्डस हाई पब्लिक स्कूल बिच निकै प्रतिस्पधात्मक खेल भएको थियो । पालुखा माध्यामिक विद्यालयको तर्फबाट जर्सी नम्बर ४ र ३ की खेलाडीले १÷१ गोल गरे संगै पालुखा माध्यामिक विद्यालयले विजय हासिल गरेको छ ।

दोस्रो खेलमा सिद्धबाबा माध्यामिक विद्यालय र आर्दश विद्या आश्रम बिच भएको थियो । जसमा सिद्धबाबा माध्यामिक विद्यालयलको तर्फबाट १६ की खेलाडीले एक गोल प्रहार गरे संगै विजय हासिल गरेको छ ।शनिबार हुने फाइनल खेलमा सिद्धबाबा माध्यामिक विद्यालय र पालुखा माध्यामिक विद्यालय बिच खेल हुने छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।