तेश्रो पुलचोक कपको उपाधी सिद्धबाबा माविको हातमा

0 240

सूर्य सुनार गुल्मी
तेस्रो पुलचोक कप २०७९ को उपाधी सिद्धबाबा माध्यामिक विद्यालयले जितेको छ । गुल्मी जिल्लाको सदरम्ुकाम तम्घास संचालन भइरहेको तेस्रो पुलचोक कप २०७९ को फाइनल खेलमा सिद्धबाबा माध्यामिक विद्यालय र पालुखा माध्यामिक विद्यालय बिच खेल भएको थियो । जस अनुसार पालुखा माध्यामिक विद्यालय लाई ३ गोलले हराउदै सिद्धबाबा माध्यामिक विद्यालय प्रथम बनेको हो । जसमा १ गोल प्रहार गर्दै पालुखा माध्यामिक विद्यालय दोस्रो भएको छ । खेल निकै प्रतिस्पधात्मक ढङ्गले खेलेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि रेसुङ्गा नगरपालिका उपप्रमुख अमृता देवी कुवँरले छात्राहरुको फुटवल प्रतियोगिता आयोजना गरेर क्षमता वृद्धी गर्न छात्राहरुलाई सहयोग गरेको प्रति आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । पुलचोक क्लबको साथमा नगरपालिका सधै रहने उपप्रमुख कुवँरको भनाई थियो । खेलमा विजय हासिल गर्ने विद्यालय तथा खेलाडीलाई शुभकामना व्यक्त गर्दै आगमी दिन खेल क्षेत्रमा लागि अझै प्रगति गर्न प्रोरणा दिनुभएको थियो ।
जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष नारायण जिसीले जिल्लामा खेलकुद क्षेत्रको विकास गर्न सधै तयार रहेको बताउनुभयो । जिल्ला खेलकुद विकास समितिको कुनै क्षेत्रमा सहयोग आवश्यक परे संस्था तयार रहेको उल्लेख गर्नुभयो ।


प्रथम हुने सिद्धबाबा माध्यामिक विद्यालयले नगद रु २५ हजार सिल्ड, मेडल र प्रमाण पत्र पाएको छ । त्यस्तै दोस्रो हुने पालुखा माध्यामिक विद्यालयले नगद १५ हजार, मेडल र प्रमाण पत्र पाएको हो ।पुलचोक स्पोर्टस युवा क्लबका अध्यक्ष मनोज पाण्डेले खेल सम्पन्न गर्न सहयोग गर्ने विभिन्न सहयोगी मनहरुमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

 

 

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।