गुल्मीमा महिलाको नाममा जग्गा लिखत गराउने सङ्ख्या घट्यो

0 145

हुमाकान्त पोखरेल/ गुल्मी, १४ साउन ।

गुल्मीमा महिलाको नाममा जग्गा लिखत गराउने सङ्ख्या घटेको छ । आर्थिक बर्ष २०७७/७८ को तुलनामा ०७८/७९ मा कम सङ्ख्यामा मात्रै महिलाहरुको नाममा जग्गा लिखत गरिएको छ । सरकारले महिला, दलित र अपाङ्गको नाममा जग्गा लिखत गर्दा छुट दिने व्यवस्था गरेको छ । महिलाको नाममा गर्दा २५ र दलितको नाममा गर्दा ५० प्रतिशत छूट गरिएको छ । तरपनि महिलाहरुको नाममा उल्लेख्य रुपमा जग्गा लिखत पारित गरिएको छैन ।

आर्थिक बर्ष ०७७/७८ मा जिल्ला मालपोत कार्यालयमा कुल दुई हजार ६४१ जनाले जग्गा लिखत पारित गरेका छन् । जसमध्ये ३९६ ग्रामीण र १९१ नगरका गरी कुल ५४७ जना महिलाले आफ्नो नाममा जग्गा लिखत गरेका छन् । यसबाट उनीहरुले १३ लाख ९५ हजार ५९ रुपैँया छुट पाएको मालपोत कार्यालय, गुल्मीले जनाएको छ ।

ad

आर्थिक बर्ष ०७७/७८ मा कुल दुई हजार ८१६ जनाले जग्गा लिखत गरेका छन् । जसमध्ये महिला, दलित वा अपाङ्गले लिखत गराएको जग्गाबारे कार्यालयसँग तथ्याङ्क छैन । तर महिलाहरुले मात्रै २२ लाख ९३ हजार ८३० रुपैँया छुट पाएका छन् । आर्थिक बर्ष ०७७/७८ को तुलनामा ०७८/७९ मा आठ लाख ९८ हजार ७६४ रुपैँया कम छुट पाएको कार्यालयका मालपोत अधिकृत खेत बहादुर खत्रीले जानकारी दिए ।

महिलाहरुले पाउने छुटको अन्तरको आधारमा महिलाहरुको नाममा जग्गा लिखत गर्ने घट्दै गएको खत्रीको भनाई छ । गुल्मीमा महिलाहरुको मात्र होइन्, कुल जग्गा लिखत पारित गराउनेको सङ्ख्या पनि घट्दै गएको छ । आ.व. ०७७/७८ मा भन्दा आ.व. ७८/७९ मा १७५ ले जग्गा लिखत गराउनेको सङ्ख्या घटेको छ । जिल्लामा अहिले जग्गाको कित्ताकाट पनि फरक प्रक्रियाबाट गरिदैँ आएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।