आज साउन १५, खिर खाएर मनाइँदै

0 217

१५ साउन २०७९ काठमाडौं । आज साउन १५ अर्थात् खिर खाने दिन । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने परम्परा नेपाली समाजमा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले बताउनुभयो ।

उहाँका अनुसार संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महŒवपूर्ण परिकारका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ । चामल, सावदाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।