न्यूनतम शुल्कमा तुराङ बहुप्राबिधिक शिक्षालयमा कृषि बालीविज्ञान पढ्न सकिने

0 505

प्रतिक खबर व्यूरो, १५ श्रावण गुल्मी ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मा रहेको तुराङ बहुप्राबिधिक शिक्षालयमा न्युनतम शुल्कमा प्राविधिक शिक्षा पढन पाइने भएको छ । शैक्षिक सत्र २०७९/८० का लागी शिक्षालयले ३ बर्षे कृषि बालीविज्ञानमा भर्ना खुलाएको छ । गुल्मी जिल्ला मै पहिलो पटक CTEVT को आफ्नै आङ्गिक शिक्षालयमा न्युनतम शुल्कमा कृषि बालीविज्ञान पढ्न पाइने भएको हो । शिक्षालयका प्रमुख प्रदिपराज पाण्डेका अनुसार डिप्लोमा तह कृषि बालीबिज्ञान अध्ययन गर्न यही श्रावण २६ गते सम्म फारम भर्न सकिने छ ।

त्यस्तै प्रवेश परिक्षा भाद्र ४ गतेका लागी तोकिएको छ । प्राबिधिक शिक्षा अध्ययन गर्न अनिवार्य रुपमा CTEVT ले लिने प्रबेश परीक्षामा सहभागी भै न्युनतम ४० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । ३ बर्षे कृषि बालीविज्ञानमा भर्ना हुनका लागी एसएलसी पास वा एसईईमा २०७८ भन्दा अगाडीका बिद्यार्थीहरुले अंग्रेजी, गणित र विज्ञान विषय मध्ये कुनै २ बिषयमा सी ग्रेड र कुनै १ विषयमा न्यूनतम डी प्लस ग्रेड ल्याएको हुर्नुपर्ने छ । यसै गरी २०७८ सालको एसईई परिक्षामा सहभागी बिद्यार्थीहरुका लागी भने अंग्रेजी, गणित र विज्ञान विषय मध्ये कुनै २ मा सी ग्रेड र अन्य बिषयमा न्यूनतम डी (जि पि ए पोइन्ट १.६) ग्रेड प्राप्त गर्नेले अध्ययन गर्न पाउने छन । शिक्षालयमा ४० सिटमा डिप्लोमा तहको कृषि बालीविज्ञान विषयको पढाइ हुन्छ ।

ad

जसमध्ये सरकारी बिधालय बाट SEE उत्तीर्ण गरेका बिद्यार्थीहरुले निशुल्क बर्गीकृत छात्रवृत्ति कोटामा फाराम भरी आफुले छनौट गरेको शिक्षालयमा पुर्ण रुपमा निशुल्क अध्ययन गर्न सक्छन । सरकारी प्राबिधिक शिक्षालय भएको हुँदा अन्य बिद्यार्थीहरुले पनि पुर्ण शुल्कमा अध्ययन गर्नका लागि छनौट भएमा बार्षिक शुल्क अत्यन्तै न्यून बुझाउनुपर्ने शिक्षालय प्रमुख पाण्डेले बताउनुभयो ।

शिक्षालयले दलित, आदिवासी, जनजाती, अपाङ्ग, महिला अन्य विशेष वर्ग समूहमा सूचीकरण गरेको समुहलाइ सहुलियत शुल्कमा अध्ययन गर्ने ब्यबस्था गरेको छ ।सहुलियत शुल्कमा अध्ययन गर्ने बिद्यार्थीहरुले जम्मा ३ बर्षको ५७०००/- रुपैयाँ मात्र बार्षिक किस्ताबन्दीमा बुझाउनुपर्छ हुन्छ भने पुर्ण शुल्कमा अध्ययन गर्न छनौट भएका प्रशिक्षार्थीहरुले ३ बर्षको वार्षिक ६० हजार रुपैया र अध्ययन भ्रमणको १५ हजार गरी जम्मा ७५ हजारमा रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

शिक्षालयले शैक्षिकसत्र २०७८/०७९ देखि अध्ययन गराउन शुरु गरेको हो । शैक्षिकसत्र २०७९/०८० देखि चन्द्रकोट गाउँपालिकाले आफ्नो पालिका भित्र बसोबास भएका बिद्यार्थीहरुले शिक्षालयमा प्रबेश परीक्षा उत्तीर्ण गरी अध्ययन गर्ने एक एक जना छात्र र छात्रालाई नि:शुल्क अध्ययन गराउने निर्णय गरेको पनि शिक्षालय प्रमुख पाण्डेले बताउनु भयो । यसबाट गुल्मी जिल्लाका विभिन्न स्थानिय तहका साथै अन्य छिमेकी जिल्लाका बिद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।