दिब्रुङ्ग शिवालय मन्दिरमा भण्डारा कार्यक्रम सम्पन्न, दर्शनार्थीको घुइचो

0 555

महेश बोहरा, १६ श्रावण गुल्मी

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ मा रहेको दिब्रुङ्ग शिवालयमा श्रावणको तेश्रो सोमबारका दिन भण्डारा कार्यक्रम एवं लघुरुद्री सम्पन्न भएको छ । सोमबार शिवालय मन्दिरमा एक औपचारिक कार्यक्रम गदै लघुरुद्री भजनकृर्तन सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलको विशिष्ट आतिथ्यता रहेको थियो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसीले बोल्दै धार्मिक र साँस्कृतिक हिमाबले प्रसिद्ध रहेको दिबु्रङ्ग शिवाललाई अझ धार्मिक पर्यटनको केन्द्र बनाउनका लागी गाउँपालिकाले काम गर्ने बताउनुभयो । उहाँले पर्यापर्यटनका हिसाबले दिब्रुङ्गको बिकाश गर्ने सकिने बताउनुभयो । धार्मिक पर्यटनको विस्तार संगै सम्भावनावारे अध्य्यन गरिने बताउनुभयो । औपचारिक कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समिति सदस्य बिष्णुप्रसाद सुवदीले गर्नुभएको थियो ।

ad


यस्तै दिबु्रङ्ग शिवालय मन्दिरमा रुद्रवेणी आश्रम र शालिमे दहका आश्रम पिठादिसहरुको उपस्थिती रहेको थियो । श्रावणको सोमबारका दिन दर्शन गर्नका लागी विभिन्न ठाउँहरुबाट दर्शनार्थीहरुको घुइचो लागेको थियो । कार्यक्रममा भण्डारा कार्यक्रम, प्रसाद वितरण, भजनकृर्तन गरिएको थियो ।
यो क्षेत्र सम्पुर्ण धर्मानुरागी साधक भक्तजनहरुको आस्थाको केन्द्र बिन्दुको रुपमा स्थापित भएको छ । गुुल्मी जिल्लासंगै बाग्लुङ्ग, अर्घाखाँची, पाल्पा लगायतका ठाउँहरुबाट दर्शनार्थीहरु यहाँ दर्शन गर्नका लागी आउने गर्दछन । यस दिब्रुङ्ग देवालयमा दैनिक पुजापाठ, हबन जपतप, आराधना हुने गर्दछ भने साउने सोमबार, बालाचतुर्दशी, महाशिवरात्री पर्व, गुरुभण्डारा लगाएतका पर्वहरुमा धुमधामका साथ मेला लाग्ने गर्दछ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।