स्काई अनलाइन सूचना केन्द्र तम्घासद्धारा ११ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

0 230

प्रतिक खबर व्यूरो
स्काई अनलाइन सूचना केन्द्र तम्घास गुल्मीको आयोजनामा संचालित विद्यार्थी जागरण अभियान अन्तर्गत मुसिकोट नगरपालिका ४ मा अवस्थित मुसिकोट माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट माध्यमिक बिधालयका प्रधानाध्यापक श्याम बहादुर थापाले उक्त विद्यार्थी जागरण अभियान कार्यक्रमलाई सफलताको शुभकामना दिनु भएको थियो। बोल्दै प्र अ थापाले गरिब बालबालिका शिक्षा देखी नजिक हुन यी यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै आगामी दिनमा समेत स्काई अनलाइन सुचना केन्द्रले महत्त्वपूर्ण कार्यक्रम आफ्नो बिधालयमा ल्याउने कुरामा बिश्वास रहेको बताउनु भयो।

कार्यक्रमका बिशिस्ट अतिथि सोही बिधालयका शिक्षक पुरन बहादुर बगालेले आफ्नो बिधालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएकोमा आयोजना प्रति खुसी व्यक्त गर्दै यो महत्त्वपूर्ण कार्यमा समाजमा बिशिस्ट व्यक्ति समेत जोडिए गरिब बालबालिकाको शिक्षामा टेवा पुग्ने बताउनु भएको छ।कार्यक्रममा विद्यार्थी, अभिभावक शिक्षक,राजनीतिक दलका प्रतिनिधि रहेको कार्यक्रमको अध्यक्षता स्काई अनलाइन सुचना केन्द्रका प्रबन्धक एवं कार्यक्रम संयोजक सुनिल न्यौपानेको रहेको थियो भने कार्यक्रमको संचालन सोही बिधालयमा शिक्षक ज्ञानेस्वर आचार्यले गर्नु भएको थियो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।