रेसुङ्गा नगरपालिकाद्धारा अध्ययन प्रोत्साहन छात्रवृत्ति घोषणा , शिक्षामा गुणस्तर ल्याउने उदेश्य

0 377

सूर्य सुनार श्रावण २०, गुल्मी
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति कार्यक्रम शुक्रबार घोषणा गरेको छ । माध्यामिक शिक्षा परिक्षा एस.ई.ई मा ३.२० जिपिए ल्याउने विद्यार्थीहरुलाई नगरपालिकाले प्रोत्साहन स्वरुप मासिक चार हजार दिने भएको छ ।
शौक्षिक पलायन, बसाइँसराइ जस्ता प्रमुख समस्याहरुलाई रोक्न र नगरपालिका भित्र शौक्षिक गुणस्तर वृद्धि गर्न यस्तो कार्यक्रम गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए । रेसुङ्गा नगरपालिका भित्र रहेका जुनसुकै विद्यालयमा अध्ययन गर्न सकिने नगरप्रमुख पन्थीले बताए ।

नगरपालिकाले शिक्षालाई प्राथामिकता दिएर काम गरेको उल्लेख गरे । साथै यहाँका नगरिकहरुले आफ्नो बाच्चाहरुको भविष्य सुनिचित गर्न यो कार्यक्रमले सहयोग पुग्ने पन्थीको भनाइ छ । अब शिक्षाको जिम्मा सरकारले ल्याउनुपर्ने नगरप्रमुख पन्थीले बताए ।
रेसुङ्गा नगरपालिका अन्र्तगतका विद्यालयमा अध्ययन गरेका र नगरपालिकाको स्थायी ठेगाना भएका तथा नेपालको जुनसुकै विद्यालयमा अध्ययन गरी एस.ई.ई ०७८ को नतिजामा ३.२० देखी माथि जि.पि.ए ल्याएका विद्यार्थीलाई नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति उपलध्ध गराउने रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।
साथै आगमी शौक्षिक वर्षमा चालु शौक्षिक सत्रमा भर्ना भई कक्षा १२ अध्ययन गर्ने विद्यार्थीले कक्षा ११ को परिक्षामा राम्रो नतिजा ल्याएमा स्वत उक्त प्रोत्साहन रकम प्रदान गरिने नगरपालिकाले जनाएको छ । आगमी शौक्षिक सत्र देखी निरन्तर यो अभियान जारी रहने उल्लेख गरिएको छ ।

रेसुङ्गा नगरपालिका भित्र ०७८ को माध्यामिक शिक्षा परिक्षाको ए.ई.ई मा विभिन्न विद्यालयमा अध्ययन गरि ३.२० जि.पि.ए. ल्याउने विद्यार्थि संस्था हाल सम्म १४६ रहेको छ ।
रेसुङ्गा नगरपालिकाले शिक्षाको क्षेत्रमा गरेको यो काम महत्वपूर्ण छ । गरिबीको कारण पढाई छोड्न बाध्य भएका विद्यार्थीहरुलाई रेसुङ्गा नगरपालिका अभिभावको भूमिका निर्वाह गरेको छ । यस्तै उदारणीय काम जिल्लाका अन्य सरकारले पनि गर्ने हो भने शिक्षाको क्षेत्रमा धेरै परिर्वतन आउने देखिन्छ ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।