मुसिकोट वडा नं १ वडा कार्यालयले डस्बिन वितरण गर्यो

0 222

प्रतिक खबर व्यूरो
गुल्मी । वडा र समाज सफा राख्न गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ वडा कार्यालयले डस्बिन वितरण गरेको छ । सरसफाई कार्यक्रम अन्तर्गत वडा अन्तर्गत रहेका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था, प्रहरी चौकी, वडा कार्यालय लगायत विभिन्न सार्वजनिक स्थानमा राख्ने गरी २० वटा डस्बिन वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयमा विहिवार आयोजित एक कार्यक्रमबिच नगर उपप्रमुख गगां श्रेष्ठ र वडाध्यक्ष मोहन घिमिरेले उक्त डस्बिन हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा वडाध्यक्ष घिमिरेले वडालाई स्वच्छ र सफा राख्न सरसफाइ अति नै आवश्यक भएकाले वितरित डस्बिनको सही सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । त्यस्तै उहाँले विद्यालयले प्रमुख पाठशाला रहेकाले फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना फैलाउन र सरसफाईमा अझै धेरै सक्रिय हुन उहाँले अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि,कर्मचारी,विद्यालय,प्रहरीचौकी,स्वास्थ्य संस्था, त्रिशक्ति युवा क्लब लगायतको उपस्थिति रहेको थियो ।मुसिकोट नगरपालिका वडा नं १ को आर्थिक वर्ष २०७७÷०७८ को वडा स्तरीय योजना अन्तर्गत विनियोजित ५० हजार रकमबाट वातावरण प्रदूषण नियन्त्रण तथा सरसफाइ कायम गरी उदाहरणीय टोल निर्माणका लागि डस्बिन वितरण गरिएको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।