पैंचो पसल प्रालिलाई अन्तराष्ट्रिय गुणस्तर मान्यता

0 234

साउन २२,२०७९ गुल्मीःपैंचो पसल प्रालिले अन्तराष्ट्रिय गुणस्तरको मान्यता पाएको छ । गुल्मीमा प्रधान कार्यालय रहेको पैंचो पसल प्रालिले आगामी तीन वर्षको लागि अन्तराष्ट्रिय गुणस्तरको मान्यता पाएको हो ।

गुणस्तर व्यवस्थापन प्रक्रिया, खाद्यसुरक्षा व्यवस्थापन, स्वास्थ्यको सन्दर्भमा विश्व स्वास्थ्य संगठन र जोखिम बिश्लेषण र नियन्त्रण सम्वन्धिको लेखापरीक्षण, अनुगमन, नियमन र निगरानीबाट ४ अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त भएको पैंचो पसल प्रालिका संचालक धुर्ब न्यौपानेले जानकारी दिनुभयो ।

उपभोक्ताको स्वास्थ्यमा ख्याल राखेर गरेका गतिविधिले अन्ताराष्ट्रिय गुणस्तरको मान्यता पाएको न्यौपानेले बताउनुभयो । कृषक र उपभोक्ता बीचको समन्वात्मक भूमिकाले रोजगारीसँगै कृषि र पशु उपजको बजारीकरण ग्यारेन्टी गरेका छौं उहाँले दाबी गर्नुभयो । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित घोषणा कार्यक्रममा न्यौपानेले उत्पादन मात्र ठूलो नभई संकलन ठूलो हुनेभएकोले पैचोले उपभोक्ता र कृषक बीच समन्वयको काम गरेको समेत बताउनुभयो ।

ad


कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले उत्पादनमा जोडिएर पैचोसँगको सहकार्यमा रहेका कृषकलाई अझै कृषिमा प्रेरित गर्नुपर्ने बताउनुभयो ।

अन्तराष्ट्रिय गुणस्तर प्रमाणित घोषणा कार्यक्रमका प्रमाणपत्र रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले संचालक धुर्ब न्यौपानलाई हस्तान्तरण गर्नुभएको हो ।
ज्ञवालीले अन्तराष्ट्रिय गुणस्तर चिन्ह गुल्मीको पैंचो पसलले पाउनुमा आम गुल्मेलीवासीका लागि खुसीको कुरा भएको बताउनुभयो । आगामी दिनमा पैचोसँग सहकार्य गरेर स्थानीय उपभोक्तालाई माथि उठाउने काम गर्ने भन्दै जनताको खाद्यसुरक्षा भन्दा ठूलो कुरा अरु केही नभएको र पैंचोका नकारात्मक गतिविधिमा नियमन गर्ने र सकारात्मक काममा समर्थन उहाँले बताउनुभयो । आम जनताको जीवनस्तर माथि उकास्ने नै मुख्य ध्येय भएको भन्दै अध्यक्ष ज्ञवालीले पैंचोले कृषकलाई समाजिक सचेतनाको कार्यक्रममा सहभागी गराउन पर्नेमा पनि जोड दिनुभयो ।

पैंचो पसल प्रालि विगत ८ वर्षअघि देखि निरन्तर चलिरहेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।