स्काई अनलाइन सुचना केन्द्र तम्घासद्धारा मुसिकोटका गरिब तथा जेहन्दार विद्यार्थी लाई शैक्षिक सामाग्री

0 240

प्रतिक खबर व्यूरो, श्रावण २२ गुल्मी
स्काई अनलाइन सुचना केन्द्र तम्घास गुल्मीको आयोजना संचालित विद्यार्थी जागरण अभियान अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका ३ मा अवस्थित जनजागृती माध्यमिक बिद्यालयमा अध्ययनरत ५ जना गरिब तथा जेहन्दार विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरिएको छ। आइतबार एक कार्यक्रममा बीच सोही बिद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहित माक्स,सेनिटाइजर वितरण गरिएको हो।


कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका २ का वडा अध्यक्ष रबिन्द्र केसीले यस कार्यबाट आफू अत्यन्तै खुसी भएको बताउदै कार्यक्रमलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो। स्काई अन्लाईन सुचना केन्द्रले मिडिया सम्बन्धी काम गर्ने भएता पनि जसरी गरिव जेहेन्दार विद्यार्थीको साहार बन्ने गरि काम गरेकोमा केन्द्रका संचालन सुनिल न्यौपानेले लाई धन्यवाद दिनु भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यो कार्यक्रम लाई थप प्रभावित पार्नको निमित्त आफुले साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।
कार्यक्रमका बिशिस्ट अतिथि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य खुम बहादुर थापाले विद्यार्थीलाई हौसला दिने उद्देशका साथ कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै समाजमा रहेका अन्य संघ संस्था समेत यी यस्ता कार्यमा जोडिन आग्रह गर्नु भएको छ। बोल्दै उहाले आगामी दिनमा समेत स्काई अनलाइन सुचना केन्द्रले विभिन्न कार्यक्रम लिएर आउने कुरामा ढुक्क रहेको बताउनु भयो। त्यस्तै बिशिस्ट अतिथि जनजागृती माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामु आचार्यले सोही बिधालयमा अध्ययनरत गरिब जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएकोमा आयोजक प्रति खुसी व्यक्त गर्दै यी यस्ता कार्यक्रम सहित अन्य विद्यार्थीको हित हुने कार्यक्रम तालिम समेत ल्याउन स्काई अनलाइन सूचना केन्द्रलाई सुझाव दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मुसिकोट नगरपालिका २ का वडा अध्यक्ष रबिन्द्र केसी,बिशिस्ट अतिथि नेकपा (माओवादी केन्द्र) का नेता खुम बहादुर थापा,जनजागृती माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामु आर्चाय ,शिक्षक विद्यार्थी सहितको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता स्काई अनलाइन सुचन केन्द्रका संचालक एवं कार्यक्रम संयोजक सुनिल न्यौपानेको रहेको थियो भने कार्यक्रमको संचालन सोही बिद्यालयका शिक्षक प्रकाश् केसीले गर्नु भएको थियो।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।