आइएमई लाइफ इन्सोरेन्स कम्पनी लि. गुल्मीद्धारा छत्रकोटमा निशुल्क आँखा शिविर सम्पन्न

0 363

अमृता गाहा मगर श्रावण २४ गुल्मी
आइएमई लाइफ इन्सोरेन्स कम्पनी लि. गुल्मीले आफनो ५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । मंगलबार छत्रकोट गाउँपालिका ४ को श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क आँखा चेकजाँच तथा औषधी वितरण गरि वार्षिक उत्सव मनाएको हो । कार्यक्रममा गुल्मी एरियाका एरिया प्रमुख खुमलाल अर्यालको अध्यक्षता, छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले नाफाको केही प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्र्गत सामाजिक क्षेत्रमा सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
छत्रकोट गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गुणाकर ज्ञवालीले आँखा उपचारको पहुँच भन्दा टाढा रहेको स्थानमा निशुल्क आँखा शिविर संचालन गरेकोमा वडाको तर्फबाट धन्यवाद दिनुभयो ।
कार्यक्रममा बोल्दै, एरिया प्रमुख खुमलाल अर्यालले अझै पनि केही मानिसहरु बिमा कार्यक्रमको पहुँच भन्दा बहिर रहेकोले बिमा दायरा भित्र ल्याउन जोड दिनुभयो ।
उक्त शिविर बाट २७१ ज्ना लाभान्वित भएका छन् । जिल्ला आँखा उपचार केन्द्र गुल्मीका कार्यालय प्रमख सूर्य बहादुर बस्नेतको नेतृत्वमा ४ जनाको स्वास्थ्य टोलीले शिविर सम्पन्न गरेको थियो ।
कार्यक्रममा गुल्मी एरियाका एरिया प्रमुख खुमलाल अर्यालको अध्यक्षता, छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीको प्रमुख आथित्यता रहेको कार्यक्रमको संचालन आइएमई लाइफ इन्सोरेन्स कम्पनी लि. गुल्मीका शाखा प्रमुख विमल छन्तेलले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।