मुसिकोट सरकारको काम र कार्यशैलीप्रति नागरिकका गुनासै गुनासा

0 198

प्रतिक खबर व्यूरो

साउन २०७९ गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकामा स्थानीय सरकारप्रति नागारिकहरुले गुनासो गरेका छन् । स्थानीय सरकारले गर्ने कार्यहरु र कार्यशैलीप्रति स्थानीयहरुले सरकारप्रति गुनासो गरेका हुन् ।

वर्षायामको समयमा ग्रामीण भेगका सडकहरु अवरुद्ध हुँदा समेत स्थानीय सरकार सडक खुलाउन गम्भीर नभएको मुसिकोट नगरपालिका वडा नम्वर चारका सुमिन्द्र सिंह ठकुरीले गुनासो गरे । उनले स्थानीय सरकार सधै हाँसेर र हजुर भनेर मात्रै जिम्मेवारी पूरा नहुने भन्दै जनताका समस्या प्रति गम्भीर बन्नुपर्नेमा जोड दिए ।

ad

स्थानीय सरकारले सरकारी जग्गाको संरक्षण र वास्तविक लगत नै नभएको भन्दै स्थानीय सरकार सार्वजनिक सम्पतीको संरक्षणमा मौन रहेको स्थानीय समिर सापकोटाले गुनासो गरे । सार्वजनिक सम्पतीको संरक्षण गर्नु स्थानीय सरकारको दायीत्व भएको भन्दै स्थानीय सरकार त्यस तर्फ मौन रहँदा केही शंका उत्पन्न भएको उनको भनाई छ ।

नगरपालिकाको सार्वजनिक सुनुवाइमा नगरपालिका भित्रका नदीहरुबाट अवैध रुपमा नदी उत्खनन भइरहेको भन्दै सो आसपासमा रहेका ब्यक्तिका जग्गाहरु पनि बगरमा परिणत हुँदा समेत स्थानीय सरकार मुकदर्शक बन्ने गरेको डिलाराम खरेलले आरोप लगाए ।

खोला ,नदीहरुको दोहन हुँदा पनि स्थानीय सरकारको पनि कहीँ कतै मिलीमतो त होइन भन्दै शंका उत्पन्न हुने गरेको उनको भनाई छ ।
यस्तै नगरभित्र रासायनीक मलको अभावै अभाव हुँदा समेत मलको ब्यवस्था नभएको भन्दै किसानहरु मर्कामा परेको पनि खरेलले गुनासो गरे ।
केही वर्ष अगाडि स्थानीय सरकारले तामझामका साथ बढीगाड नदीमा जलयात्राको परीक्षण (र्याकफटिङ) गरेको भन्दै परीक्षणमै सीमित रहेको स्थानीयहरुले गुनासो गरेका छन् ।

परीक्षण सफल हुँदा समेत स्थानीय सरकारले चासो नदिएको भन्दै जलयात्राको कार्यलाई अगाडि बढाउन स्थानीयहरुले माग गरेका छन् ।
नगरभित्रै मेडिकल अधिकृत डाक्टरको नहुँदा सामान्य भिडियो एकसरे र उपचारका लागि सदुरमुकाम तम्घास, पाल्पा ,बुटवल जानुपर्ने गरेको भन्दै डाक्टरको प्रवन्ध मिलाउन स्थानीयहरुले नगरलाई आग्रह गरेका छन् ।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले नदीजन्य पदार्थको उत्खनन् गर्दा वातावरणीय प्रभाव मुल्याङकन गरेर मात्र ठेक्का लगाइने गरेको बताए ।
नगरप्रमुख जीवन खरेलले नगरभित्रका नागरिकहरुलाई कृषि ,पशुपालन र पर्यटनको माध्यमबाट नै आत्म निर्भर बनाउने गरी आफूले योजना बनाएको बताए ।

नगरपालिका भित्र मेडिकल अधिकृतका लागि पटक पटक बिज्ञापन गर्दा समेत कोही नआएको बताउँदै मेडिकल अधिकृत ल्याउनमा अधिक प्रयास भइरहेको बताए ।
बर्षायामको समयमा नयाँ सडकहरु नखनिने भन्दै बन्द रहेका सडकहरुलाई खुलाइने र मुख्य सडकहरुलाई अवरुद्ध हुन नदिइने पनि उनको भनाई छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।