पत्रकार डिबी खड्का प्रेस सेन्टरमा प्रवेश

0 126

गुल्मी, साउन २६ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट जनपत्रकार संगठन गुल्मीका अध्यक्ष रहेका गुल्मीका चर्चित पत्रकार डिबी खड्का नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् ।

बिहीबार स्वतःस्र्फुत रुपमा प्रवेश गरेका खड्कालाई नेकपा माओवादी केन्द्र गुल्मीको पार्टी कार्यालयमा सो पार्टी अध्यक्ष बुद्धि जिसी लगायतका नेताहरुले स्वागत गरेका थिए । आफु विगतमा पनि माओवादी आन्दोलनको मुलधारमा रहेको बताउँदै पत्रकार खड्काले यो देशमा परिवर्तनको संवाहक राजनैतिक दल भनेकै प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नै रहेको निश्कर्ष निकाल्दै आफु प्रेस सेन्टर मार्फत माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

स्थानीय देखि राष्ट्रिय सञ्चार माध्यमबाट समेत पत्रकारितामा बिशेष चर्चा पाएका पत्रकार खड्कालाई स्वागत गर्दै माओवादी केन्द्रका नेता तथा चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले जनताको सच्चा पहरेदारका रुपमा स्थापित प्रेस संगठनमा डिबी खड्का जस्ता युवा र जुझारु पत्रकारको प्रवेशले सिंङ्गो माओवादी आन्दोलनलाई नै उर्जा मिल्ने बताए ।
खड्कालाई नेता अशोक थापा सोही पार्टीका नेता तथा रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवाली , प्रेस संगठनका केन्द्रिय सचिव प्रेम सुनार , चन्द्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम खरेल , प्रेस संगठनका जिल्ला अध्यक्ष तिलाचन पाण्डे र सचिव हुमाकान्त पोखरेल लगायतले स्वागत गरेका थिए ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।