जनै पूर्णिमा मनाउन गएका गुल्मीका बालकको डुबेर मृत्यु

0 195

प्रतिक खबर व्यूरो,गुल्मी ।
गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराती मृत्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका–१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृत्यु भएको हो ।
उनी हिजो साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौैडी खेल्न लागेको बेला डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्रहरीले उद्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएकोमा गएराती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बीरेन्द्र थापाद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।
चोयगास्थित कृष्णबहादुर रेश्मीका छोरा साउन १८ गते मामाघर गएका उनि जनैपुर्णिमा मनाउन बसेको प्रहरीले जनाएको छ । स्रोतः ग्लोबल अवाज डटकम

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।