गुल्मीमा ५ हजार २ सय १९ नयाँ मतदाता थपिए

0 400

सूर्य सुनार श्रावण २९ गुल्मी
गुल्मीमा पछिल्लो पटक ५ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगको जिल्ला कार्यालय, जिल्ला प्रशासन कार्यालय गरी दुई स्थानमा भएको नामावली संकलनको काम थालिएको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेका अनुसार ५ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी पाण्डले दिएको जानकारी अनुसार जिल्लामा पुरुष २ हजार ७ सय ७० महिला २ हजार ४ सय ४९ जना नयाँ मतदाता थपिएका छन् । त्यस्तै, जिल्ला बाहिरका ५९ नयाँ मतदाताको नाम संकलन भएको छ । जसमा पुरुष ३४ र महिला २५ जना रहेको उनले बताए ।

ad

यो सँगै नयाँ मतदाताको कूल संख्या आयोगको केन्द्रीय कार्यालयबाट रुजु भएर आएपछि मात्र यकिनका साथ भन्न सकिने सूचना अधिकारी मेघलाल पाण्डले बताए । यसअघि स्थानीय तह निर्वाचन पहिला जिल्लामा कुल मतदात भने २ लाख २४ लाख २ सय ७६ रहेको जिल्ला निर्वाचन आयोग गुल्मीले जनाएको छ ।

जसमध्ये पुरुष १ लाख १० हजार ५९, महिला १ लाख १४ हजार २१५ र अन्य २ जना थिए । अब मतदाताको अनुमानित संख्या २ लाख २९ हजार ४९५ पुगेको छ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।