स्काई अनलाइन सुचना केन्द्रद्धारा धरमपानी प्राविमा अन्तक्रिया

0 270

प्रतिक खबर व्यूरो
स्काई अनलाइन सुचना केन्द्र तम्घास गुल्मीको आयोजनामा धरमपानी प्रा वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। मुसिकोट नगरपालिका ३ धरमपानीमा अवस्थित धरमपानी प्रा वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । विद्यार्थीको घट्दो संख्याको कारण,विद्यार्थी संख्या बढाउन के गर्नु पर्ला? बिद्यालयको संरचना बिकासको आवस्यक लगायतको बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको स्काई अनलाइन सुचना केन्द्रका प्रबन्ध सुनिल न्यौपानेले जानकारी दिनु भएको छ ।
स्काई अनलाइन सुचना केन्द्र द्वारा संचालित बिद्यार्थी जागरण अभियान अन्तर्गत धरमपानी प्रा वि मा समेत बिद्यालय सुधारको लागी के गर्न सकिन्छ भनी वडामा सक्रिय राजनीतिक दल,समाजसेवी,स्थानीय बिधालय व्यवस्थापन समिती पत्रकार लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल पत्रकार महासंघ गुल्मीका सचीव एवम् प्रेस सेन्टर नेपालका केन्द्रिय सचीव प्रेम सुनारले उक्त बिद्यालयको पछिल्लो अवस्था देखेर चिन्ता व्यक्त गर्नु भएको थियो।
बोल्दै उहाले सोही विद्यालयको शैक्षिक सुधारको निमित्त सक्ने पहल गर्ने कुरा ढुक्क रहन बिश्वास दिलाउनु भएको छ। सचीव सुनारका अनुसार धरमपानी प्रा वि दुई अन्य बिद्यालयको चेपाइमा पर्दा बिद्यालय पछाडि परेको भन्दै स्थानीयलाई बिद्यालयको प्रगतिको लागी स्थानीय नै अग्रपंक्तिमा रहन आग्रह गर्नु भएको छ। कार्यक्रमका बिशिस्ट अतिथि नेकपा (माओवादी केन्द्र) मुसिकोट ३ वडा कमिटी अध्यक्ष दुर्गा बहादुर खडकाले कार्यक्रममा बोल्दै यस बिधालयको लागी पहिले देखीनै नगरपालिकामा पटकपटक कुरा राख्दा सुनाइ नभएको,गत आर्थिक बर्षमा बिद्यालयको लागी सौचालय वडाको योजना समितीमा रहदा आफ्नो पहलमा काम भएको दाबी गरेका छन।
खडका अनुसार त्यस क्षेत्रको सम्पत्ति धरमपानी प्रा बी संरक्षण एवम् शैक्षिक सुधारको लागी आफुले अबका दिनमा थप काम गर्ने प्रतिबद्धता जनाएका छन। बिद्यालयको पछिल्लो अवस्थाको बारेमा सोही बिद्यालयको प्रधानाध्यापक सरस्वती आचार्यले प्रकाश पार्नु भएको थियो भने बिधालय व्यवस्थापन समितीका अध्यक्ष ढाल बहादुर कार्कीले बिद्यालयमा आवश्यकताको बारेमा जानकारी दिदै बिद्यालयको शैक्षिक सुधारको लागि सहयोगको अपेक्षा गरेको समेत बताउनु भएको थियो।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।