माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई सुझाव संकलन

0 290

गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीले निर्वाचित जनप्रतिनिधिहरुका लागि सुझाव संकलन अभियान सुरु गरेको छ । आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई राम्रो काम गर्नको निम्ती प्रेरित गर्न सुझाव संकलनको अभियान सुरु गरेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

आइतबार गुल्मीको सदरमुकाम तम्घासमा जिल्लास्थित कृयाशील पत्रकारसँग भेटघाट गर्दै नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले जनमुखी कामका लागि सुझाव संकलन गर्न थालिएको बताए । नागरिकका प्रत्यक्ष जनजीविकोका समस्याहरु पत्रकारहरुसँग बढी आउने भएकोले पत्रकारसँग भेटघाट गरेर सुझाव माग गरिएको भन्दै माओवादी नेता जिसीले माओवादीको नेतृत्वमा रहेका जिल्लाका चार पालिकालाई जनताको मुख्य केन्द्रमा रहेर काम गर्न सुल्झाइरहेको र आगामी दिनमा सुल्झाउने बताएका छन् ।

नेकपा माओवादीको एजेण्डा अनुसार संघीयतामा देश रहेकोले वर्तमान संरचनाको आडमा बसेर कसैलाई पनि सत्ताको दुरुपयोग गर्न छुट नहुने पनि नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले बताएका थिए । उनले माओवादी निर्वाचित जनप्रतिनिधिहरुलाई जनतका प्रत्यक्ष सरोकारका बिषयमा काम गर्न आग्रह गरे । उनले पत्रकारसँग सुझाव माग गरेको कुनै चर्चा परिचर्चाका लागि नभई जनताको दीर्घकालीन जीवनस्तर माथि उकास्न गरिएको पनि स्पष्ट पारे ।

ad

नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर १ को प्रदेश सभा ख का अध्यक्ष अशोक थापा, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, पूर्वअध्यक्ष जर्नादन घिमिरे, प्रेस सेन्टर गुल्मीका अध्यक्ष तिलाचन पाण्डेसहित जिल्लाका कृयाशील पत्रकारहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।