गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक समिक्षा सम्पन्न

0 437

सूर्य सुनार ३१ साउन, गुल्मी
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य सेवा केन्द्र उपल्लो तम्घासद्धारा समन्वयात्मक समिक्षा गोष्ठी कार्यक्रम गरिएको हो । कार्यालयद्धारा प्रदान गरिएका सेवा सम्बन्धी छलफल र अझै सेवामा गुणस्तर वृद्धी गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।

रुरुक्षेत्र गाउँपालिकामा २ वटा , सत्यवति गाउँपालिकामा १ वटा, धुर्कोट गाउँपालिकामा २ वटा, साथै ४ वटा नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिले आफनो कार्यालयले गरेका कामको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तेजेन्द्र सलामी मगरले जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले राम्रो काम गरेका भन्दै खुशी व्यक्त गरे । आयुर्वेद स्वास्थ्य केन्द्रको सेवालाई जिल्लाको सम्पूर्ण पालिकामा पुयाउनुपर्ने उपप्रमुख मगरले बताए ।

ad

कार्यक्रममा गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मराम पाण्डेले राज्यको लगानी र सा्रेत व्यवस्थापनमा कमी भएको बताए । सोचे अनुरुप काम गर्न नसक्नुमा राज्यको तर्फबाट स्वास्थ्यको क्षेत्रमा ध्यान नपुगेको बताए । अझै पनि कुनै स्वास्थ्य केन्द्रमा बिरामीलाई आवश्यक पर्ने औषधी, स्वास्थ्य उपकरण नपुगेको हुँदा सबै राम्रो छ भनेर भन्न नहुने पाण्डेको भनाई छ ।

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय निमित्त प्रमुख माधव प्रसाद बस्यालले संस्थाले गरेका कामको बारेमा बताए । आयुर्वेदले जिल्लामा स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरेको हुँदा यस तर्फ सबै नागरिक जोडिनु पर्ने उनको भनाई छ ।

कार्यक्रममा कालिण्डकी गाउँपालिका उपाध्यक्ष मन्जु कुमारी दलामी, रेसुंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेले आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले गरेको काम प्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको कार्यक्रमको संचालन आयुर्वेद स्वास्थ्य केन्द्रका सुचना अधिकारी चन्द्र प्रसाद भुसालले गरेका थिए ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।