कोटेश्वर शिवालय मन्दिरमा भण्डारा कार्यक्रम सम्पन्न, दर्शनार्थीको घुइचो

0 360

महेश बोहरा, गुल्मी श्रावण ३१,
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर शिवालय मन्दिरमा दर्शनार्थीको घुइचो लागेको छ । कोटेश्वर शिवालयमा श्रावणको अन्तिम सोमबारका दिन भण्डारा कार्यक्रम एवं लघुरुद्री सम्पन्न भएको छ । सोमबार शिवालय मन्दिरमा एक औपचारिक कार्यक्रम गदै लघुरुद्री भजनकृर्तन सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समिति कार्यबाहक अध्यक्ष रुद्रराज खरेलको अध्यक्षता रहेको कार्यक्रममा जनप्रतिनिधी, पत्रकार लगायत विशिष्ट ब्यक्तिहरुको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा उपस्थित अधिकास स्थानियले धार्मिक र साँस्कृतिक हिसाबले प्रसिद्ध रहेको कोटेश्वर शिवाललाई अझ धार्मिक पर्यटनको केन्द्र बनाउनका लागी स्थानिय सरकारले ध्यान दिनुपर्ने बताएका थिए । शान्त र मनोरम ठाउँको रुपमा परिचित कोटेश्वरलाई व्यापक प्रसार गरी विश्वसामु चिनाउन देशविदेशमा रहने स्थानियले समेत काम गरेका छन ।

श्रावणको अन्तिम सोमबारका दिन दर्शन गर्नका लागी विभिन्न ठाउँहरुबाट दर्शनार्थीहरुको घुइचो लागेको थियो । कार्यक्रममा भण्डारा कार्यक्रम, प्रसाद वितरण, भजनकृर्तन गरिएको थियो । यो क्षेत्र सम्पुर्ण धर्मानुरागी साधक भक्तजनहरुको आस्थाको केन्द्र बिन्दुको रुपमा स्थापित भएको छ । गुुल्मी जिल्लासंगै बाग्लुङ्ग, अर्घाखाँची, पाल्पा लगायतका ठाउँहरुबाट दर्शनार्थीहरु यहाँ दर्शन गर्नका लागी आउने गर्दछन ।

ad

यस कोटेश्वर शिवालय मन्दिरमा दैनिक पुजापाठ, हबन जपतप, आराधना हुने गर्दछ भने साउने सोमबार, बालाचतुर्दशी, महाशिवरात्री पर्व, गुरुभण्डारा लगाएतका पर्वहरुमा धुमधामका साथ मेला लाग्ने गर्दछ । केही दिन पहिले कोटेश्वरको प्रचारप्रसारलाई भन्दै जय जय कोटेश्वर लोक भजनको विमोचान समेत गरिएको थियो ।

“प्रकृतिको देन लुकेको ठाउँ हाम्रो कोटेश्वरलाई बिश्वभर चिनाऔँ” भन्ने नाराका साथ म्युजिक भजन भिडियो सोही कोटेश्वर शिव मन्दिर, आँपचौरको चंडेश्वर मन्दिर र शिद्धेश्वर मन्दिरमा छायांकन गरिएको थियो । मुसिकोट नगरपालिका वडा नम्बर ५ तल्लाफाँट बस्ने किरण खरेलको पहलमा लोक भजनको अडियो गीत बनाईएको छ भने भिडियोका लागी स्थानियहरुले सहयोग गरेका छन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।