विप्लप कार्यकर्ताहरुद्धारा पक्राउ पुर्जि फिर्ताको माग

0 180

गुल्मी, १ भदौ ।

नेत्रविक्रम चन्द ( विप्लप ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गुल्मीका कार्यकर्ताहरुले विप्लप सहितका नेताहरु माथी हालै ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जि फिर्ताको माग गरेका छन् ।

गत साउन १६ गते जिल्ला अदालत ललितपुरले सो पार्टीका अध्यक्ष विप्लप सहित २८ जना शिर्ष नेताहरु माथी ३५ दिने पक्राउ पुर्जि जारी गरेको थियो । त्यस बिरुद्ध जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै सो पार्टीका गुल्मीस्थित कार्यकर्ताहरुले उक्त पक्राउ पुर्जि फिर्ताको माग गरेका हुन् ।

ad

केपी ओली सरकारका पालामा २०७७ साल फागुन २१ गते विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि लगाईएको प्रतिबन्ध सरकारले फिर्ता गरेको थियो । ३ बुँदे उक्त सहमति पत्रमा भनिएको छ–‘ नेपाल सरकार , नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध हटाउन , कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पुणृ मुद्दाहरु खारेज गर्न सहमत भएको छ । ’

उक्त तीन बुँदे सहमति विपरित जारि गरिएको पक्राउ पुर्जिलाई सो पार्टीले–‘ खेदजनक, षडयन्त्रमुलक र मुलकलाई जबरजस्त द्धन्द्धमा धकेल्ने नियोजित मनसायमा आधिरित छ ’भन्दै अविलम्व उक्त तीन बुँदे सहमतिको पालना गर्दै पक्राउ पुर्जि फिर्ताको जोडदार माग गर्दछौं भनिएको छ ।

सो पार्टीका गुल्मी जिल्ला सेक्रेटरी सुमन र वैकल्पिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक मिलनद्धारा हस्ताक्षरित ४ बुँदे ज्ञापन पत्रमा एमसिसी र एसपीपी परियोजनालाई राष्ट्रघाती परियोजनाको संज्ञा दिदै सो पार्टी आन्दोलनरत रहेको उल्लेख गरिएको छ ।

देशमा यति बेला चरम मुल्यबृद्धि भएको र जनता चर्को महँँङ्गीको मारमा परेर कष्टकर जिवन बिताउन बाध्य भएको उल्लेख गर्दै मुल्यबृद्धि नियन्त्रण गर्न माग समेत गरिएको छ । सरकार भ्रस्टचारको दलदलमा फसेको आरोप लगाउँदै त्यो रोक्न र राष्ट्रहित विपरितका सन्धि सम्झौता खारेज गर्न पनि नेपाल कम्युनिष्ट पार्टीले माग गरेको छ ।

उक्त ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले आफुले सम्वन्धित निकायमा तत्काल पठाउने जानकारी दिएका थिए । ज्ञापन पत्र बुझाउन सेक्रेटरी सुमनका अलवा जिल्ला सदस्यहरु बसन्त गैरे, विनोद पोखरेल, बाबुलाल नेपाली र राज खड्का आएका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।