शैक्षिक सत्रको सुरुमै स्थानीय पाठयक्रममा आधारित पाठ्यपुस्तक सबैको हात हातमा पुग्छ – अर्याल

0 243

प्रतिक खबर व्यूरो
भदौ २ ,२०७९ गुल्मीः मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले आगामी शैक्षिक सत्रको सुरुमै स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक सबैको हात हातमा पुग्ने दाबी गरेका छन् ।

मालिका गाउँपालिकाको स्थानीय पाठ्यक्रम कक्षा १ देखी ८ सम्मको मस्यौदा प्रस्तुतीकरण तथा सुझाब संकलन गोष्ठीलाई बुधबार सम्बोधन गर्दै उहाँले सो कुरा उल्लेख गरेका हुन् ।

स्थानीय पाठ्यक्रममा स्थानीय उत्पादन , सांस्कृतिक महत्व,विभिन्न जातजाती भाषभाषी, पर्यटन ,जडिबुटी, सकारात्मक सोच ,चलनचल्तीमा रहेका तमसुक लेखन र भरपाई जस्ता बिषयबस्तुहरु समाबेश गरिएको अर्यालले बताए ।

ad

सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले मालिका गाउँपालिका भित्रका नागरिकहरु सबै आफना लागी समान रहेको बताउनुभयो । निर्वाचनको समयमा कुनै राजनीतिक दलबाट निर्वाचित भएपनि निर्वाचन पश्चात गाउँपालिकाबाट हुने कार्यसम्पादनमा सबैलाई समान रुपले हेर्ने उनको दाबी छ ।
आफूहरु जनताको सेवा गर्नका लागि आएको भन्दै मालिका बासीहरुको मतको सधै कदर गर्ने उनले बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले स्थानीय पाठ्यक्रम अनुसार सरल र सहज तरिकाले अध्ययन गर्न मिल्ने गरी पाठ्यपुस्तकमा ढाल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय राजनीतिक दल , जनप्रतिनिधि,शिक्षाविदहरु, बिद्यालयका प्रधानाध्यापकहरु,पत्रकार लगायत सरोकारवालाहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।