नेपाल विद्यार्थी संघ गुल्मीद्धारा रेसुङ्गा बहुमुखी क्याम्पसको निर्णय गलत भएको दाबी

0 316

सूर्य सुनार भदौँ ०३ गुल्मी
नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समितिले रेसुङ्गा बहुमुखी क्याम्पसको वास्तविक आर्थिक अवस्था सार्वजनिक गर्न माग गरेको छ । रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले गरेको आर्थिक संकटकाल घोषणा गरेको प्रति नेपाल विद्यार्थी संघ गुल्मीले क्याम्पसको निर्णय गलत भएको जनाउदै क्याम्पसको आर्थिक अवस्थाबारे जानकारी गराउन माग गरेको हो ।
रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समितिले भव्य भौतिक संरचना उच्च मानव संसाधन समुदायको उच्च सहयोग हुँदा हुदै पनि व्यवस्थापकीय कमजोरी, बढ्दो बसाइसराई, रोजगारीका अवसरको कमी, समानाकुल प्राविधिक विषयको अध्यापन नहुनु, राजनितिक पूर्वाग्रही सोच बाट क्याम्पस गुजिरहेको समयमा क्याम्पसले झन यो सन्र्दभमा आर्थिक संकटकाल घोषण गर्दा विद्यार्थीको भविष्यमा गम्भिर असर परेको रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समिति सभापति पुनाराम घिमिरेले हस्ताक्षण गरेको अपिल पत्रमा उल्लेख गरिएको छ ।
रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले नयाँ विद्यार्थी भर्नाको समयमा बिना छलफल यस्तो गम्भिर निर्णय गरेको प्रति विद्यार्थीमा गलत सन्देश फैलाएको जनाएको छ । क्याम्पस संचालक समितिले क्याम्पसलाई पुरानै अवस्थामा फर्काउन जोडदार माग गरेको छ ।

विसं २०३९ सालमा स्थापना भएको रेसुंगा क्याम्पस सबैभन्दा पुरानो शैक्षिक धरोहर हो । जसले व्यवस्थापनमा आर्थिक समस्या देखाएर आर्थिक संकटकाल घोषणा गरेको छ ।
रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्न समस्या भएपछि आर्थिक संकटकाल घोषणा गरेको हो । क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूको आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन नसकेपछि आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसले जनाएको छ । सञ्चालक समितिको बैठकले आठ महिनाको पारिश्रमिक क्याम्पसले दिन नसक्ने भएकाले सहयोग गर्न प्रध्यापक तथा कर्मचारीलाई आग्रह गर्ने, विभाग र संकाय प्रमुखहरूको अतिरिक्त सुविधा स्थगित गर्ने र उपदान तथा उपचार खर्च संकटकाल अवधिभर स्थगित गर्ने निर्णय गरेको छ ।

संचित विदा बस्न नपाउने, बिदा बसे पनि सुविधा नपाउने, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सञ्चालन हुने परीक्षाको सुविधा सहयोग माग्ने निर्णय बैठकले गरेको छ ।
हेर्नुहोस अपिल पत्र

ad

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।