गुल्मीमा फेला परेको बेवारिसे शबको पहिचान खुल्यो

0 200

प्रतिक खबर
भदौ ४ गुल्मी ।
गुल्मीमा बेवारिसे अवस्था फेला परेको शबको पहिचान खुलेको छ ।
जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर एक हस्तिचौरको बसेनी सामुदायीक वनमा फेला परेको शब मसिकोट नगरपालिका वडा नम्वर १ पौदी अमराइकी ७९ वर्षीय सेतीदेवी पछाई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिनुभयो ।
शनिबार बिहान स्थानीयहरुले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी प्रमुख दाहाल सहितको टोलीे शब भएको स्थलमै पुगि मुचुल्का तयार पारेको र शबलाई अहिले पोष्ठमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ । पोष्टमार्टम पश्चात शबलाई आफन्तको जिम्मा लगाइने दाहालले बताउनुभयो ।
शब सडेको अबस्थामा फेला परेको थियो । पछाई करिब एक हप्ता देखि सम्पर्कमा नरहेको स्थानीयहरुले जनाएका छन् । पछाइ एकल महिला रहेको र छोरा छोरी कोही पनि नभएकाले पौदी अमराइमा भाइको घरमा बस्दै आउनुभएको थियो ।

पछाईको मृत्यु बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।