गुल्मी छापहिले सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा केशव भण्डारी

0 398

प्रतिक खबर व्यूरो, भाद्र ५ रुपन्देही,
गुल्मी छापहिले सम्पर्क समाज रुपन्देहीको चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । बुटवल १ फुलवारीमा सम्पन्न अधिवेशनबाट समाजसेवी व्यक्ति केशव भण्डारीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको बरिष्ठ उपाध्यक्षमा लोकेश गिरी, महिला उपाध्यक्ष कमला गिरी, सचिव बिष्णु गिरी, सहसचिव सागर कार्की र कोषाध्यक्षमा दिपा जिसी पछाईँ चयन भएका हुन । सदस्यहरुमा भागिरथ गिरी, चन्द्रप्रकाश गिरी, कमला गिरी, हरि भण्डारी, डायमण्ड गिरी रहेका छन । चौथोँँ अधिवेशन समाजका निवर्तमान अध्यक्ष शिवलाल गिरीको अध्यक्षता, मालिका गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रेखा जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। अतिथिहरुमा समाजसेवी बिष्णु गिरी, डिलाराम भण्डारी, दुर्गा गिरी, शकुन्तला गिरी, इश्वर गिरी अंकित, रेशम गिरी, प्रकाश कार्की लगायत रहेका थिए । समितिको कार्यकाल ३ बर्षे हुने जनाईएको छ । गुल्मीबाट विभिन्न शिलशिलामा रुपन्देहीमा पुगेकाहरुले त्यसरी संगठित भई गृह जिल्लामा आई पर्ने विपद्मा उद्धार गर्दै आएका छन भने शिक्षा र स्वास्थ्य क्षेत्रमा लाखौँ सहयोग गर्दै आएका छन् । यस्तै हरेक बर्ष बुटवल फुलवारीमा तिज मिलन तथा दर खाने कार्यक्रम सञ्चालन गदै आएको छ । भाद्र ४ गते शनिबार पनि सोही कार्यक्रम गदै अधिवेशन सम्पन्न भएको थियो । सो कार्यक्रममा झण्डै ३ सय जना भन्दा बढी सहभागी भएका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।