इश्मा गाउँपालिकामा जनप्रतिनिधिको उपहार – ब्यवसायीलाई झण्डै तीन गुण बढी करको भार

0 155

भदौ ५,२०७९ गुल्मीः गुल्मीको इश्मा गाउँपालिकाले ब्यवसाय नवीकरणमा झण्डै तीन गुण बढीले कर वृद्धि गरीे स्थानीयहरुलाई करको उपहार दिएको छ ।

यस अगाडि ब्यवसाय नविकरण गर्दा रु चार समयमा गर्दै आइएको र अहिले यसलाई बढाएर एक हजार पाँच सय रुपियाँ कायम गरिएको गाउँपालिकाले जनाएको छ ।

इश्मा गाउँपालिका नेकपा एमालेको तर्फबाट गत स्थानीय तहको अध्यक्षको उम्मेद्वार समेत रहनुभएका हीरा एसीले बर्तमान सरकारले जनतालाई करको उपहार दिएको टिप्पणी गरे । स्थानीय सरकारले जनतालाई राहत दिने भन्दा पनि करको दर बढाएर जनताको ढाड सेक्ने गरी काम गरेको आरोप उनले लगाए ।

ad

अहिलेको स्थानीय सरकारको ध्यान बाटो खन्ने ,खरिद गर्ने , भवन निर्माणमा र निश्चित ब्यक्तिलाई लाभ हुने बाहेकका अन्य कामहरु नभएको उनको आरोप छ । यहि गतिमा स्थानीय सरकार अगाडि बढेमा जनताले बिद्रोह गर्न समेत पछाडि नपर्ने उनले चेतावनी दिए ।
इश्मा गाउँपालिका वडा नम्वर पाँचमा सिर्जना स्टोर्सका संचालक पशुपति पैयानीले स्थानीय सरकारले राहत देला भनेको त कर बढाएर करको उपहार दिएको गुनासो गरिन् ।

गाउँमा बार्षिक ५० हजारको पनि ब्यापार नहुने भन्दै उहाँले कर कार्यालय र गाउँपालिकालाई कर बुझाउनुपर्ने समस्याले गर्दा ब्यापार नै बन्द गर्नुबाहेकको बिकल्प नरहेको उनले गुनासो गरिन् ।

यता गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका जिल्ला सचिव समेत रहनुभएका भगतसिंह खडकाले करको दरमा परिवर्तन गरिएको बताए । उनले अहिलेको अवस्थामा बार्षिक रुपमा एक हजार पाँच सय रुपियाँ तिर्न नसक्ने कोही पनि नभएको बताएका छन् ।

ब्यवसायीहरुलाई यो कुनै ठूलो कुरा नभएको भन्दै बाहिर यसलाई अतिरञ्जित बनाइएको खडकाको भनाई छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।