प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अधिवेशन सम्पन्न,अध्यक्षमा खनाल निर्वाचित

0 210

सूर्य सुनार भदौँ ०५ गुल्मी
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अध्यक्षमा अधिवक्ता गोपाल प्रसाद खनाल निर्वाचित हुनुभएको छ । आइतबार तम्घासमा बसेको कार्य समितिको बैठकले नयाँ समिति निर्माण गरेको हो । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीका अध्यक्ष अधिवक्ता खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जसको अध्यक्षमा अधिवक्ता गोपाल प्रसाद खनाल, उपाध्यक्ष अधिवक्ता टुक बहादुर कुवँर, सचिब अधिवक्ता हीरा कुवँर, कोषाध्यक्ष अधिवक्ता युवराज अचार्य, सदस्यहरुमा अधिवक्ता गणेश श्रीपाली अधिवक्ता हिरा अर्याल, अधिवक्ता जिवलाल पाण्डे, अधिवक्ता ओम बहादुर कार्की, अधिवक्ता भिम बहादुर पाण्डे कार्य समितिमा रहनुभएको छ ।

अधिवेशनले लुम्बिनी प्रदेश समिति सदस्यमा अधिवक्ता बोमलाल भण्डारी र अधिवक्ता चिरञ्जीवी शर्मालाई सिफारिस गरेको प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीकी सचिब अधिवक्ता हीरा कुवँरले बताउनुभयो ।
समितिले विध्यमान सम्बिधान कानुनको कार्यान्वयनमा थप सहजीकरण गर्ने र नागरिकहरुको न्याय प्राप्तिका लागि निरन्तर पैरवी गर्ने नवनिर्वाचित अध्यक्ष खनालले बताउनुभयो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।