पार्टीको निर्णयले झाक्रीले टिकट पाउछिन : झलनाथ खनाल

0 156

भदौ ६ गुल्मी ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले राम कुमारी झाक्रीले निर्वाचनको टिकट पाउने कुरा पाटिको निर्णयमा भर पर्ने बताएका छन ।
सोमबार गुल्मीको सदरमुकाम तम्घासमा समाजवादी प्रेस सङ्ठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । “कसले कहाँ बाट टिकट पाउने चुनाव लड्ने भन्ने कुरा पाटिको हातमा छ अहिले यसै भन्न सकिदैन “। एकीकृत समाजवादीकि सचीव समेत रहेकी झाक्रीलाई माईती जिल्ला गुल्मी बाट टिकट पाउने सम्भावना कत्तिको छ भन्ने सञ्चारकर्मीको जिज्ञासा्मा यस्तो बताएका हुन ।
साथै खनालले थपे ” निर्वाचन लड्ने कुरा पाटिले निर्धारण गर्छ म पनि निर्वाचन लड्ने नलड्ने कुरा पाटिले टुंगो लगाउछ ।
केही दिन यता रामकुमारी झाक्री गुल्मी- २ बाट निर्वाचन लड्ने कुराले चर्चा पाएको छ ।
झाक्रीले पनि गुल्मी २ बाटै निर्वाचन लड्ने इच्छा जाहेर गरेको बुझिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।