ईन्जिनियर सुशान्तले आज काठमाडौ ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै

0 503

भाद्र ६ , काठमाडौ

ईन्जिनियर सुशान्त श्रेष्ठले आज काठमाडौ क्षेत्र न ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै छन । यहीँ भाद्र ३ गते नेकपा एमाले छाडेको घोषणा गरेका उनले आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गर्न लागेको बताएका छन ।

नेकपा एमालेबाट बाग्मती प्रदेश सांसद गणेश प्रसाद दुलालको स्वकिय सचिव रहेर समेत काम गरेका उनले स्वकिय सचिब पदबाट समेत केहीदिन अगाडि राजिनामा बुझाएका थिए । श्रेष्ठले जर्मनको याकोब्स युनिभर्सिटी बाट इलेक्ट्रीकल इन्जिनियरिङ पूरा गरेका छन । स्वतन्त्र हरुको लहर चलेका बेला आफू लहडका भरमा नभई बिगत ४ बर्षदेखिको योजना अनुरुप प्रतिनिधिसभा उम्मेदवार बन्न लागेको बताएका छन ।

ad

दलमा लागेर लामो समय काम गर्दा उनिहरुको कार्यशैलीले देश नबन्ने निस्कर्ष सहित नेकपा एमाले पार्टी परित्याग गरि आफै संसद छिर्ने योजना बनाएको उनको भनाई छ । उनले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।