सूर्य सुनार भदौ ०७ गुल्मी
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा द्धारा गरिएको नेपाल बन्दको प्रभाव गुल्मीमा पनि परेको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा सहित ४ दलले एमसीसी सम्झौताको विरोध, विप्लवसंग गरिएको ३ बुँदे सम्झौताको पालना, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरुमा आफूहरुले संघर्ष गरिरहेको विरुद्ध आहान गरिएको नेपाल बन्द प्रभाव गुल्मीमा पनि परेको हो ।
राष्ट्रघाती एमसिसि सम्झौता, एसपीपी परियोजनाको विरुद्ध र देशमा चरम मुल्यवृद्धी र भ्रष्ट्रचार बढिरहको सन्र्दभमा बन्दको आवहन गरिएको नेकपा कम्युनिष्ट पार्टी गुल्मीले जनाएको छ ।
मंगलबार बिहानैदेखी लामो तथा छोटो दुरीका सवारी सधानहरु चलेका छैनन् । विद्यालय बन्द, पसल, सार्वजनिक यातयातमा बन्दको प्रभाव परेको हो । बन्दले सास्ती प्यहोर्नु परेको छ । आफ्नो गन्तव्यमा जाने यात्रुहरुले सवारी सधान नचल्दा सास्ती बेहोर्नु परेको हो ।
जिल्लामा बन्दको कारणले कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिएसपीे माधव खरेलले जानकारी दिनुभयो । विभिन्न जिल्लामा बन्दको कारणले गर्दा अप्रिय घटना भइरहेको समयमा गुल्मीमा भने शान्तका साथ बन्द सफल भएको जनाइएको छ । बन्द आज साझाँ ५ बजे सम्म रहने छ ।
उक्त असमान सन्धि तथा सम्झौताहरु खारेज गर्न, तत्काल भ्रष्ट्रचार रोक्न र असिमित रुपमा बढिरहेको मुल्यवृद्धी नियन्त्रण गर्न सरकार संग पार्टीले माग गरेको छ ।