गुल्मी काँग्रेसले जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने

0 200

प्रतिक खबर ब्यूरो
गुल्मीमा नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा यहि भदौ ११ गते सदरमुकाम तम्घासमा उक्त कार्यक्रम गरिन लागेको पार्टी कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन एवं सुशासन र पार्टीसँगको समन्वयात्मक भूमिका सम्बन्धी अभिमुखीकरण गर्ने पार्टी सचिव एवं इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले जानकारी दिए ।
उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित हुनुभएका सम्पूर्ण जनप्रतिनिधिहरुलाई सहभागी गराईने पनि बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।