रुरुक्षेत्र र छत्रकोट गाउँपालिकालाई जोड्ने मितेरी पुलको उद्घाटन

0 176

डिबि खड्का भदौ ८ गुल्मी /

गुल्मीको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकालाई जोड्ने मितेरी पुलको उद्घाटन गरिएको छ । बुधबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बिच पुलको उद्घाटन गरेका हुन । पुल उद्घाटन गर्दै अध्यक्ष ज्ञवालीले पुलले दुई स्थानीय तहको भूगोललाई जोडेर सुविधा दिनुका साथै हाम्रो मनलाई पनि जोडेर थप आत्मियता बढाए बताए । पुल निर्माणमा रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकाको सम्मान ६ लाख २५ हजार / ६ लाख २५ हजार गरि १२ लाख पचास हजार लगानी रहेको छ भने , एक लाख ७५ हजार तीन सय ४९ रुपैयाँ बराबरको श्रमदान स्थानीयले गरेका थिए । गोमा निर्माण सेवा कम्पनीले डेढ महिनामा उक्त पक्की पुलको निर्माण काम सम्पन्न गरेको निर्माण व्यवसायी भेषराज गौतमले बताए । ५ दशमलव ५ मिटर लम्बाई र ४ मिटर चौडाई रहेको यस पुलले रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ५ बम्घा र छत्रकोट गाउँपालिकाको वडा नम्बर एक हुँगालाई प्रत्यक्ष जोडेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।