कृषि प्राविधिक शिक्षामा घट्यो आकर्षण, गुल्मीमा कृषि पढ्ने विद्यार्थी पाउँनै मुस्किल

0 331

 

सुमन महतारा, गुल्मी । नेपाल कृषि प्रधान देश भएपनि गुल्मीमा कृषि प्राविधिक शिक्षा लिनका लागि विद्यार्थी भने अनिच्छुक देखिएका छन् । गुल्मीका विभिन्न सामुदायिक विद्यालयमा र एक शिक्षालयमा ुडिप्लोमा इन एग्रिकल्चर ु शैक्षिक कार्यक्रम सञ्चालन भए पनि विद्यार्थी पाउँन मुस्किल भएको तुराङ बहुप्राविधिक शिक्षालय तुरुङका प्रमुख प्रदिप राज पाण्डेले बताए ।

विद्यार्थी नपाएपछि शिक्षालय चलाउँन निकै गारो भएको शिक्षालय प्रमुख पाण्डेको भनाइ छ । चन्द्रकोट गाउँपालिकाको तुराङमा गतसालदेखि कृषि बालिबिज्ञान पढाइ सुरु भए पनि बिद्यार्थी पाउँन गारो रहेको उनले बताएका छन । ुपोहोर साल २४ जना पढ्ने बिद्यार्थी थिए अहिले जम्मा १५ जना छन्ु उनले भने, ४० जनाको पढ्ने कोटा भए पनि विद्यार्थी पाउँन निकै गार्हो भएको छ । राज्यले कृषि क्षेत्रलाई प्राथमिकता नदिएजस्तै कृषि पठनपाठनमा पनि समुदायको ध्यान पुगेन ।

ad

गुल्मीका १२ ओटा स्थानीय तहमा ८ ओटा सामुदायिक विद्यालय र एक शिक्षालयमा गरि नौ ओटामा ुडिप्लोमा इन एग्रिकल्चर ुशैक्षिक कार्यक्रम सञ्चालनमा छ । उपल्लो तम्घास माविका शिक्षक विजय मरासिनीले हालसम्म कुनै पनि विद्यार्थी भर्ना नभएको जानकारी दिए । यो विषयमा ४० जनाको कोटा हुने र कक्षा ९ बाट सुरु हुने भएपनि अहिले ९ मा कुनै पनि विद्यार्थी भर्ना नभएको उनले बताए ।

त्यस्तै हिमालय मावि हस्तिचौरमा पनि विद्यार्थी पाउँन निकै गार्हो भएको विद्यालयले बताएको छ अहिलेसम्म जम्मा ६ जना विद्यार्थी मात्र भर्ना भएका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरमा रहेको उदय माविमा पनि विद्यार्थी कम छन । अहिलेसम्म जम्मा १२ जना विद्यार्थी भर्ना भएका छन् । जिल्लाको मुसिकोट नगरपालिकामा रहेको दुर्गा भवन माविमा र जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको पञ्चायन माविमा पनि कृषि पढ्न जम्मा १९ जना विद्यार्थी भर्ना भएका छन। त्यस्तै जिल्लाको मदाने गाउँपालिकामा रहेको पृथ्वी मावि, मालिका गाउँपालिकामा रहेको मालिका मावि र रुरुक्षेत्रमा रहेको जनबोध माविमा विद्यार्थी सङ्ख्या माग कोटा अनुसार नभए पनि सन्तोष जनक रहेको छ । पृथ्वी माविमा २८ जना जनबोध माविमा ३३ जना र मालिका माविमा ३४ जना कक्षा ९ मा भर्ना भएका छन ।

गुल्मीका १२ ओटा स्थानीय तहमा गरि ८ ओटा सामुदायिक विद्यालय र एउटा शिक्षालयमा कृषि बिषयको पढाइ हुने भए पनि स्थानीय सरकार प्रदेश सरकार र संघले विद्यार्थीलाई पढ्नका लागि कुनै पनि क्षेत्रमा आकर्षण थप्न नसकेको बिद्यालयका प्र अहरुको गुनासो रहेको छ ।

गाउँ गाउँमा प्राविधिक शिक्षा सञ्चालन भए पनि विद्यार्थीको आकर्षण नबढ्नु अत्यन्तै दुस्खद विषय हो । प्राविधिक शिक्षा पढेको व्यक्ति खालि बस्न नपर्ने भए पनि एकातिर विद्यार्थी र अभिभावकको ध्यान त्यता पुग्न नसक्नु र अर्कोतिर सम्बन्धित विद्यालयले विद्यार्थी र अभिभावकलाई प्राविधिक शिक्षाको महत्वबारे प्रयाप्त जानकारी दिन नसक्नुले विद्यार्थीको संख्यामा दिनानुदिन कमी आइरहेको शैक्षिक सरोकारवालाहरूको भनाइ छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।