सुनिल क्षेत्री,गुल्मी भाद्र ९/
बिहिबार शान्तिपुर इलाका सामुदायिक ग्रामिण विद्युतीकरण उपभोत्ता समूह चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा अन्तर वडास्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । उक्त विद्युतीकरणका अध्यक्ष धाचानन्द शर्माको अध्यक्षता रहेको कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीको प्रमुख आतिथ्यता रहेको थियो । भने गाउँपालिका उपाध्यक्ष विष्णु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीको विशेष आतिथ्यता रहेको थियो । गाउँपालिकाभित्र रहेका ८ वटै वडाका वडाअध्यक्षहरु, कार्यापालिका सदस्य, विद्युतीय चुल्हो बजार परिचालक विष्णु ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।
पाँच समुहको सहभागिता रहेको प्रतियोगितामा प्रथम स्थान हासिलक गर्दै उदय माध्यमिक विद्यालयले रु १२ हजार प्राप्त गरेको छ । द्धितिय स्थान प्राप्त गर्न सफल कालिका जागृति आमा समुह हर्राचौरले रु १० हजार हात पारेको छ । तृतिय स्थान हासिल गर्न सफल पिपलारुख आमा समुहले रु ८ हजार तथा सान्त्वना स्थान प्राप्त गर्न सफल भूमिस्थान आमा समुह र भैरवस्थान आमा समुहले नगद रु ५/५ हजार प्राप्त गरेका छन् ।
विद्युत र विद्युतीय चुल्हो प्रयोगमा जोड दिने उद्देश्य सहित तीज गीत प्रतियोगिता गरिएको अध्यक्ष धाचानन्द शर्माले बताए । कार्यक्रमको उद्देश्यमाथि पूर्व अध्यक्ष सिद्ध थापाले प्रकाश पारेका थिए । आयोजक संस्थाकी सदस्य गीता थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव भानु सुवेदीले गरेका थिए ।