गुल्मीमा एमाले कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश

0 143

गुल्मी, भदौं १० ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विगतमा नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटेको बेला एमालेमै रहेका माओवादी केन्द्रका कार्यकर्ताहरु अहिले आएर माओवादी केन्द्रमै फर्किएका छन् ।
आज नेकपा माओवादी केन्द्र गुल्मीदरबार गाउँकमिटीको गौडाकोटमा आयोजित प्रथम बैठक तथा भेलाको अवसरमा एमालेबाट यमबहादुर पाण्डे, बालकृष्ण अर्यालय , जयबहादुर सुर्यबशी, पविता नेपाली , मनकला बिक र बीरबहादुर सुनार सहितका कार्यकर्ताहरु माओवादी केन्द्रमा फर्किएका हुन् ।
उनिहरुलाई माओवादी केन्द्र गुल्मी जिल्ला संयोवजक बुद्धी जिसी, सचिव अशोक थापा मुक्ती लगायतका नेताहरुले अविर र खादा पहिराएर पार्टीमा स्वागत गरेका थिए ।
माओवादी पार्टीमा फर्के पछि यमबहादुर पाण्डेले भने–‘एमाले–माओवादी जो भए पनि कम्युनिष्ट नै हुन भनेर नेकपा फुटे पछि एमालेमै बसियो तर त्यस यताको नौं महिना सम्म हेरियो तर एमालेमा कम्युनिष्ट शिद्धान्त त परै जाओस सामन्य संस्कार समेत नभए पछि माओवादी केन्द्रमा फर्किएका हौं । ’
अर्का नवप्रवेशी बालकृष्ण अर्यालले भने कभिकभी कुछकुछ होता है  कहिले काँही त्यस्तै हुँदो रै’छ , रुखको बाँदर पनि झुक्किदो रै’छ हामी पनि झुक्कीयौं र बुझे पछि माओवादी केन्द्रमै फर्किएका हौं ।


बैठकले उनै पुराना माओवादी नेता यमबहादुर पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय गुल्मीदरबार गाउँ कमिटी गठन गरेको छ । उपपाध्यक्षमा , राजन रेश्मी , बालकृष्ण अर्याल , शिखा रेश्मी चयन भएका छन् । त्यस्तै सचिवमा कमल प्रसाद कँडेल र सह सचिवमा ओमबहादुर गाह सर्वसम्मत निर्वाचित भएका छन् ।
नवगठित कमिटीलाई पार्टी जिल्ला संयोजक जिसी , सचिव थापा लगायतका नेताहरुले सपथ खुवाएका थिए ।
कार्यक्रमा ती दुई नेताका अलवा निर्वाचन क्षेत्र नम्वर २ ख प्रदेशका ईन्चार्ज, मनिराम ज्ञवाली, त्यस प्रदेश कमिटी अध्यक्ष तथा सांसद गीता थापा , सचिव रामचन्द्र कँडेल , त्यस गाउँ कमिटी ईन्चार्ज शेरबहादुर सर्तुङ्गे लगायतका नेताहरुले प्रशिक्षण मन्तब्य राखेका थिए ।


कार्यक्रममा त्यस पार्टीका वरिष्ठ सदस्यहरु झकबहादुर बिक , ठगराज ज्ञवाली , बुद्धिमान गाह, अजुर्न कँडेल , रेसुङ्गा नगरकमिटीका अध्यक्ष खड्क श्रेष्ठ लगायतको बिशेष आतिथ्यता थियो । माओवादी केन्द्र गुल्मीदरबार गाउँ कमिटीकीका निर्वतमान संयोजक सिता सर्तुङ्गेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव कमलप्रसाद कँडेलले सञ्चालन गरेका थिए ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।