आसन्न निर्वाचनबाट माओवादी केन्द्र २०६४ को अवस्थामा आँउछ : नेता बुद्धि जिसी

0 135

 

नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र २०६४ को अबस्थामा फर्कने बताउनुभएको छ ।
अखिल क्रान्तिकारी बुटवल बहुमुखि क्याम्पसका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा संयोजक जिसीले माओवादी केन्द्रसँग अन्य धेरै दलहरूको एकताको तयारी भैरहेकोले चुनावमा २०६४ सालको जस्तै उत्साहजनक अबस्था आउने बताउनुभयो ।
ुएकातिर धेरै पार्टीबीच एकताको तयारी, अर्को गठबन्धन त्यसमाथी एमालेबाट हाम्रो पार्टीमा प्रवेशको लहर छु, उहाँले भन्नुभयो,  यो लहरले हाम्रो पार्टीको २०६४ को निर्वाचन जस्तै उत्साहजनक अवस्था आउँछ ।
कार्यक्रममा बुटवल बहुमुखु क्याम्पसका विद्यार्थी नेताहरूले जिसीलाई लोकप्रिय व्यक्ति भएकोले चुनावमा उम्मेदवार बन्न सुझाव दिएका थिए ।
संयोजक जिसीले विद्यार्थी नेताहरूको सुझाव सकारात्मक भएपनि पार्टीले जसलाई उम्मेद्वार बनाउँछ उही उम्मेद्वारलाई जिताउनेगरी लाग्न आह्वान गर्नुभयो । गुल्मीमा मात्र नभई माओवादी केन्द्र देशमै ठूलो पार्टी बन्ने समेत उहाँको दावी छ । पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरूले प्रदेश समन्वय परिषदको बैठकमा दिएको प्रशिक्षण अनुसार माओवादी केन्द्र देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बन्ने भन्ने निश्चित छु, उहाँले भन्नुभयो, हामी हाम्रो जिल्लामा सोही अनुसारको तयारी गरिरहेका छौँ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।