जय जय कोटेश्वर भजनमा टिकटक बनाउने उत्कृष्ट ९ जनालाई नगद सहित सम्मान

0 435

 

शनिबार भाद्र ११ गते ‘कुशेऔंसीु अनि बाबाको मुख हेर्ने दिन जय जय कोटेश्वर समूहले आँपचौरको पबित्र भूमी लुकेको स्वर्ग कोटेश्वरलाइ देश बिदेशमा चिनाउनको लागी तयार गरेको  जय जय कोटेश्वर  भजनमा उत्कृष्ट टिकटक बनाउने अनि साउनको अन्तिम सोमबार हाम्रो आस्थाको धरोहर लुकेको स्वर्ग आँपचौरको कोटेश्वर , हामी जन्मेको धर्ती आँपचौर र जय जय कोटेश्वर भजनलाइ ब्यापक प्रचार प्रशार गर्न टिकटक बनाएर , कविता लेखेर , स्केच गरेर , गित गाएर , कमेन्ट , लाइक , सेयर गरेर हाम्रो अभियानलाइ सफल बनाउन अत्यन्तै महत्वपूर्ण भूमिका खेल्नु हुने ९ जनालाइ पुरस्कार र मायाको चिनो बितरण गरिएको छ।बिजेता मध्ये ३ जनालाइ दुइ दुइ हज़ार गरी ६ हज़ार समाजसेवी धार्मिक ब्यक्तित्व बसुन्धरा भण्डारीले प्रदान गर्नु भएको थियो भने अरू रक़म जय जय कोटेश्वर समूह जापान संयोजकले प्रदान गरेको थियो ।

ad

उपस्थित सबैले आज कुशे औशीको पबित्र दिन भएकोले कोटेश्वर मन्दिरको दर्शन गर्ने , गुरू बाट आषीर्बाद लिने , पोखरी नुहाउने जस्ता धार्मिक पुन्य काम गरी कोटेश्वर भगवानको आर्शिवाद लिएका थिए । ( विशिष्ट उपहार लिलि भट्टराइलाई नगद १० हज़ार र मायाको चिनो प्रदान गरिएको थियो यस्तै ( विशिष्ट उपहार आकृतिलाई पनि १० हज़ार र मायाको चिनोले सम्मान गरिएको थियो । यसै गरि प्रथम उपहार अस्मिता खरेलले हात पार्नुभएको छ । उहाँलार्इृ ८ हाजार ८ सय ४९ रुपैयाँ र मायाको चिनो यसैगरि दोस्रो उपहार कविता काफ्लेलाई ३ हजार ७ सय ७६ र मायाको चिनो,( तेस्रो उपहार मनीषा तिवारीलाई २ हजार ५१ रुपैयाँ र मायाको चिनो,सान्त्वना पहिलो अस्मिता खरेललाई २ हज़ार रुपैया र मायाको चिनो, सान्त्वना दोस्रो गंगा लामिछानेलाई २ हज़ार रुपैयाँ र र मायाको चिनो, सान्त्वना तेस्रो पुष्पा भट्टराइलाई २ हज़ार रुपैयाँ र मायाको चिनो, सान्त्वना चौथो सन्तोष खरेललाई १ हजार र मायाको चिनो प्रदान गरिएको छ ।

कोटेश्वर मन्दिरका पुजारी डिल्लिराज सापकोटाले टिका लगाएर आर्शिवाद दिदै पुरस्कार बितरण गर्नु भएको हो ।सबै बिजेतालाइ समाजसेवी बसुन्धरा भण्डारीले खादा लगाएर सम्मान गर्नु भएको थियो ।त्यसैगरी किरण खरेलले सबै बिजेतालाइ मायाको चिनो दिनु भएको थियो ।उपस्थित अस्मिता खरेल , मनीषा तिवारी , अस्मिता खरेल लगायत सबै मिलि चिया बनाएर खुवाउनु भएको थियो।कार्यक्रमको सबै चाँजोपाँजो डिल्लिराज अर्यालले मिलाउनु भएको थियो । यो कार्यक्रममका लागी जापानमा रहने किरण खरेल र तुलाराम तिवारी राजाले संयोजन गर्नुभएको थियो । आगामी दिनमा पनि कोटेश्वर महादेव मन्दिरको प्रचारप्रसारका लागी यस्तै रचनात्मक कार्य गर्न उल्लेख गर्नुभएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।